कीवर्डहरू -

डिजिटल रुपान्तरणका लागि खल्ती र गरिमा विकास बैंकबीच रणनीतिक सम्झाैता

डिजिटल रुपान्तरणका लागि खल्ती र गरिमा विकास बैंकबीच रणनीतिक सम्झाैता

पालको अग्रणी डिजिटल वालेट, खल्ती र गरिमा विकास बैंक लिमिटेडबीच डिजिटल भुक्तानीका लागीरणनितिक सम्झौता भएकाे छ। यस सम्झौता अन्तर्गत अब गरिमा विकास बैंक बैंकका ग्राहकहरुले खल्ती वालेटका विभिन्न सुविधाहरूकाे उपभाेग गर्न सक्ने भएका छन् ।

यो साझेदारीसँगै गरिमा विकास बैंकका ग्राहकहरूले बिना झन्झट स्मार्टबैंक एप गरिमा डिजिटल बटुवाबाट सिधै खल्ती वालेटमा पैसा लाेड गर्न सक्नेछन् र आफूलाई आवश्यक पर्ने सेवा खल्ती मार्फत लिन सक्नेछन् ।

ग्राहकहरूले खल्ती प्रयोग गरि सहजै मुभि , इभेन्ट लगायतको टिकट खरिद सँगै  बिल भुक्तानी र अरू थुप्रै सुविधाहरूकाे लाभ उठाउन सक्नेछन् । बैंकबाट खल्तीमा लाेड गर्ने सुविधा सँगसँगै ग्राहकहरुले खल्ती बाट गरिमा विकास बैंककाे खातामा सजिलै पठाउन पनि सक्ने छन् ।