हालै प्लस टुको नतिजा सार्वजनिक भएको छ । प्लस टुको नतिजा सार्वजनिक भएसँगै विद्यार्थीहरूलाई उच्च शिक्षा अध्ययनको बाटो खुल्छ ।
उच्च शिक्षा अर्थात ब्याचलर्समा आईटी पढ्ने पनि धेरैको चाहना हुन्छ । अझ अहिलेको युगमा आईटी भनेको अनिवार्य जस्तै भइसकेको छ ।
नेपालमा आईटी पढाइ हुने कलेजहरू पनि धेरै हुन्छन् । स्वदेशी तथा विदेशी विश्वविद्यालयका विभिन्न विषयहरू पढाइ हुन्छन् । यसै सन्दर्भमा एनसीआईटी कलेजका प्रिन्सीपल निरञ्जन खकुरेलसँग कुन विषय पढ्ने ? कलेज कसरी छान्ने ? लगायतका विषयमा गरिएको कुराकानीको सम्पादित अंश:
पोखरा विश्वविद्यालयले ब्याचलर्समा कुन कुन कोर्ष पढाउँदै आएको छ ?
नेपालमा आईटीका धेरै कोर्षहरू छन् । पोखरा विश्वविद्यालयमा बीआईटी, बीसीए, बीएएससी सीएसआईटी, बीईआईटी, कम्प्युटर इन्जिनियरिङ, सफ्टवेयर इन्जिनियरिङ लगायतका कोर्षहरू छन् ।
बीसीए विशेष गरी कम्प्युटर एप्लिकेसनमा फोकस छ । कम्प्युटर इन्जिनियरिङमा कम्प्युटरको आधारभूत कुरा कम्प्युटर साइन्स, अल्गोरिदम, इमेज प्रोसेसिङ, डाटा साइन्स, मेसिन लर्निङ लगायत पढ्नुपर्ने हुन्छ ।
बीईआईटीमा नेटवर्किङ, आईटी पुर्वाधार, आईटी आर्किटेक्चर, सिस्टम एडमिनिष्ट्रेटर, सेक्युरिटी जस्ता कुरा पढाइ हुन्छ ।
सफ्टवेयर इन्जिनियरिङमा सफ्टवेयर डेभलपमेन्ट, एजाइल, प्रोडक्ट डेभलपमेन्ट जस्ता कुराहरू पढाइ हुन्छन् ।
अहिले नेपालमा आईटी पढाइ हुने धेरै कलेजहरू छन् ? विद्यार्थीले कसरी छान्न सक्छन् उपुयुक्त कलेज ?
नेपालमा विदेशी र स्वदेशी विश्वविद्यालयबाट सम्बन्ध लिएर विभिन्न आईटी कोर्षहरू पढाइ हुन्छन् । कलेज छनौट गर्दा समय समयमा कोर्ष अपडेट हुन्छ कि हुँदैन् ? पढाइ के के हुन्छ ? क्रेडिट आवर कति छ ? सुविधा के के छन् ? जस्ता कुरा हेर्नुपर्छ ।
आफुले पढ्ने कलेजमा पूर्वाधार पनि हुन आवश्यक छ । पूर्वाधार भनेको भौतिक मात्रै भन्न खोजेको होइन । कलेजमा सुविधाहरू के के छन् ? प्रोफेसनल कोर्षहरू कलेजले पढाउँछ कि पढाउँदैन् ? आईटी कम्युनिटीहरू छ कि छैन् ? त्यसमा ध्यान दिनुपर्छ ।
विदेशमा रिसर्चहरूको एकदमै महत्त्व छ । कलेजलेहरूले कत्तिको रिसर्च गर्छन् ? जर्नलहरू निकाल्छन् कि निकाल्दैनन् ? राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कन्फेरेन्स गर्छ कि गर्दैन् ? यी विषय पनि हेर्नुपर्छ ।
जुन कलेजले किताबको घोकाइ र रटाइभन्दा पनि अतिरिक्त क्रियाकलापमा जोड दिएको छ, त्यो कलेज छान्नुपर्छ ।
विद्यार्थीले आईटी किन पढ्ने ? कस्तो छ आईटीमा सम्भावना ?
हामीले धेरै पहिलेदेखि ज्ञानमा आधारित समाजको कुरा गर्दै आएका छौं । हामी जस्तो देशको लागि ‘र’ मेटेरियल भनेको ज्ञान हो । हामीलाई ठूला ठूला उद्योग स्थापना गर्न सहज छैन् ।
त्यसैले नेपालले आईटीमा ठूलो सम्भावना बोकेको छ । यसका लागि इन्टरनेट र दिमाग भए पुग्छ । नेपालमा उत्पादन भएको जनशक्तिलाई नेपालमै राख्न सरकारले अवसरहरू प्रदान गर्नुपर्छ ।
अहिले शार्क ट्यांक नेपालमा पनि धेरै आईटी कम्पनीहरू देख्न सकिन्छ । आईटीको सम्भावना छ । हाम्रो यसबाट राम्रो विदेशी मुद्रा आर्जन गर्न सक्छौं ।
आईटीमा सीप महत्त्वपूर्ण कि डिग्री ?
विद्यार्थीले कलेज छनौट गर्दा डिग्री मात्रै दिने कलेज होइन डिग्री सँगसँगै बजारमा आवश्यक पर्ने सीप विकास गर्ने कलेज छान्नुपर्छ । यदि छान्न सकिएन भने ४ वर्षपछि फेरि दुविधा हुन्छ । डिग्री र सीप उत्तिकै महत्त्वपूर्ण छ ।
अब सबै कलेजले सीपमुलक शिक्षामा जोड दिनुपर्छ । उद्यमशीलता र अनुसन्धानलाई जोड दिने कलेज विद्यार्थीले छान्नुपर्छ । अबका विद्यार्थी ग्लोबल प्रतिस्पर्धी हुनुपर्छ । विद्यार्थी र कलेजले त्यसै अनुसार काम गर्नुपर्छ ।
प्लस टुपछि आईटी: के पढ्ने, किन पढ्ने र कहाँ पढ्ने ?
पछिल्लो समय आईटी शिक्षामा लाग्दै आएको कोटाको क्याप हटाउनु पर्छ भन्ने बहस भइरहेको छ । यसमा तपाईको धारणा के छ ?
आईटीको अध्ययनका लागि लाग्दै आएको कोटाको क्याप हटाउनु पर्छ भन्ने कुरामा म केही हदसम्म सहमत छु । सबै कलेजलाई एउटै कोटा तोक्नुभन्दा पनि कलेजको क्षमता र गुणस्तर हेरेर कोटा निर्धारण गर्नुपर्छ ।
कोटा धेरै छ तर गुणस्तर छैन् भने त्यसको पनि औचित्य हुँदैन । विद्यार्थीलाई पढाउन कन्जुस्याइ गर्न हुँदैन् । सबै कजेलहरूको सिमित साधन र स्रोत छ । कोटा अनलिमिटेड गर्दा त्यसले गुणस्तरमा असर गर्न सक्छ । त्यसैले कलेजको साधन र स्रोत हेरेर कोटा निर्धारण गर्नुपर्छ ।
प्लस टु पास गरेर बसेका विद्यार्थीलाई के भन्न चाहनुहुन्छ ?
नेपालमा अहिले आफ्नो इच्छा अनुसार पढ्न पाइन्छ । नेटवर्क सम्बन्धि इच्छा हुनेले आईटी इन्जिनियरिङ पढ्न सक्नुहुन्छ । प्रडक्ट वा सफ्टवेयर डेभलपमेन्ट गर्छु भन्ने सफ्टवेयर इन्जिनियरिङ पढ्न सक्नुहुन्छ । एप्लिकेसन विकासमा काम गर्न मन छ भने बीसीए पढ्दा हुन्छ । रिसर्चर वा कम्प्युटर वैज्ञानिक बन्न मन छ भने कम्प्युटर इन्जिनियरिङ पढ्दा हुन्छ ।
एउटाको कुरा सुनेर सबै विद्यार्थी त्यसैको पछाडि लागेका हुन्छन् । आफुलाई के मा रूची छ ? त्यसका लागि कुन कोर्ष पढ्नुपर्छ ? तपाईको आवश्यकता के हो ? यो सबै जानेर मात्रै अर्थपूर्ण तरिकाले कोर्ष छनौट गर्नुपर्छ । त्यसका लागि पाठ्यक्रम हेर्नुहोस् । कलेजमा बुझ्न जानुहोस् । अनि आफुलाई इच्छा लागेको विषय छनौट गर्नुस्, ताकि पछि गएर पछुताउन नपरोस् ।
पोखरा विश्वविद्यालयबाट सम्बन्धन एनसीआईटी कलेज सञ्चालित छ । विद्यार्थीहरू एनसीआईटी कलेजमा कसरी पढ्न सक्छन् ? के के छन् सुविधा ?
ब्याचलर्समा बीईआईटी, कम्प्युटर इन्जिनियरिङ, आईटी इन्जिनियरिङ, सफ्टवेयर इन्जिनियरिङ, बीसीए लगायतका विषय पढाइ हुन्छन् ।
ब्याचलर्स तहमा पढ्नलाई कलेजको प्रवेश परीक्षा लिन्छ । भदौमा प्रवेश परीक्षा हुन्छ । पास हुनलाई प्रवेश परीक्षामा न्युनतम ४० अंक ल्याउनु पर्छ । अनि भर्ना प्रक्रिया सुरू हुन्छ ।
भर्ना प्रक्रियामा पनि हामी विद्यार्थीलाई काउन्सिलिङ गर्छौ । के मा इच्छा छ ? के पढ्न आएको हो ? सबै कुरा बुझेर विद्यार्थीलाई सहयोग गर्छौं । प्रवेश परीक्षाका लागि कलेजमा आएर र वा एनसीआईटी कलेजको वेबसाइटमा गएर फाराम भर्न सकिन्छ ।
एनसीआईटी कलेज डिग्रीसँगसँगै सीपलाई महत्त्व दिएको छ । हामी प्रोफेसनल कोर्षहरू गराउँछौं । स्टार्टअप इन्नोभेसनका लागि छुट्टै विभाग नै बनाएका छौं । विद्यार्थीका विभिन्न आईटी क्लबहरू छन् । हामी अन्तर्राष्ट्रिय सेमिनार, प्रदर्शनी र जब फेयर आयोजना गर्छौं । विद्यार्थीलाई ग्लोबल प्रतिस्पर्धी बनाउन हाम्रो सधैं जोड हुन्छ ।