कीवर्डहरू -

न्यायिक अनुमतिका आधारमा मात्र इन्टरसेप्सनको अनुमति दिने व्यवस्था गर्न सुझाव

न्यायिक अनुमतिका आधारमा मात्र इन्टरसेप्सनको अनुमति दिने व्यवस्था गर्न सुझाव

डिजिटल राइट्स नेपालले न्यायिक अनुमतिका आधारमा मात्र इन्टरसेप्सनको अनुमति दिइने व्यवस्था गर्नुपर्ने सुझाव दिएको छ । 

राष्ट्रिय गुप्तचर (इन्टेलिजेन्स) तथा अनुसन्धानका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा डिजिटल राइट्स नेपालले न्यायिक अनुमतिका आधारमा मात्र निगरानी, अनुगमन वा इन्टरसेप्सनको अनुमति दिइने व्यवस्था गर्नुपर्ने सुझाव दिएको हो । 

नेपाल सरकारले राष्ट्रिय गुप्तचर (इन्टेलिजेन्स) विधेयक, २०८२ को मस्यौदा २०८२ साउन १६ गते सार्वजनिक गर्दै २०८२ साउन ३० गते भित्रमा सर्वसाधारणबाट राय माग गरेको थियो । 

विधेयक सार्वजनिक भएपश्चात् डिजिटल राइट्स नेपालले उक्त विधेयकको अध्ययन गरी प्रस्तुत संक्षिप्त विश्लेषण तथा सुझाव तयार गरेको हो । 

संस्थाले एआई वा रोबोटिक्स प्रयोगका सीमा, प्रकार, नैतिक मापदण्ड र पारदर्शिताबारे स्पष्टता पार्नुपर्ने बताएको छ । 

यस बाहेक विधेयकमा संस्थाले उल्लेख गरिएका सबै किसिमका सञ्चार अनुगमन, निगरानी, अन्तर दोहन तथा डिजिटल डाटामा पहुँचलगायतका काम कारवाहीहरू न्यायिक स्वीकृतिपश्चात् मात्र गर्नुपर्ने व्यवस्था समावेश हुनु पर्ने र वार्षिक रूपमा इन्टरसेप्सन आदेशको संख्या, स्वीकृति र अस्वीकृतिको सार्वजनिक प्रतिवेदन साझा गर्ने व्यवस्था समावेश हुन पर्ने सुझाव दिएको छ । 

त्यसैगरी डाटामा पहुँच, डाटाको भण्डारण सीमित गर्ने, सुरक्षित राख्ने, र अनावश्यक/अवैध डाटा तुरुन्त मेट्ने व्यवस्था समावेश हुनु पर्ने र सर्वोच्च अदालतको आदेश अनुसार सञ्चार इन्टरसेप्सन गर्दा पूर्व–न्यायिक अनुमति अनिवार्य आवश्यक हुनुपर्ने सुझाव दिएको छ । 

यस्तो छ संस्थाले तयार पारेको विधेयकको संक्षिप्त विश्लेषण र सुझाव