कीवर्डहरू -

साइबर सेक्युरिटी विभाग स्थापना र क्रिप्टो माइनिङको अध्ययन गर्न राष्ट्र बैंकलाई सुझाव

साइबर सेक्युरिटी विभाग स्थापना र क्रिप्टो माइनिङको अध्ययन गर्न राष्ट्र बैंकलाई सुझाव

नेपाल राष्ट्र बैंकलाई साइबर सेक्युरिटी विभाग स्थापना सुझाव दिएको छ । 

राष्ट्र बैंकले गठन गरेको बैंकिङ क्षेत्रमा देखिएका विद्यमान समस्याहरू समाधानका लागि गठित ‘बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदल, २०८२’ को प्रतिवेदनमा यस्तो सुझाव दिइएको हो ।

कार्यदलले एक वर्षभित्रमा राष्ट्र बैंक तथा बैंक तथा वित्तीय संस्थाका पत्राचार तथा आन्तरिक स्वीकृत अनलाइनबाट गर्ने सुझाव समेत दिएको छ । 

सीबीडीसीका बारेमा अन्तर्राष्ट्रिय अनुभव कस्ट बेनिफिट एनालाइसिस पश्चात मात्र निर्णय लिन पनि प्रतिवेदनमा भनिएको छ । 

यस बाहेक क्रिप्टो करेन्सीका विविध पक्षका बारेमा निरन्तर अध्ययन गर्न र बिजुली उत्पादन बढी भएको समयमा क्रिप्टो माइनिङ गर्दाका विविध पाटा केलाउन पनि सुझाव दिइएको छ ।