एआईमा आधारित इन्टरप्राइज रिसोर्स प्लानिङ (ईआरपी) प्लेटफर्म समएक्स सार्वजनिक भएको छ । विशेष गरी सरकारी ठेक्का (गभर्मेन्ट कन्ट्रयाक्ट), आर्किटेक्चर, इन्जिनियरिङ, निर्माण र परामर्श कम्पनीहरूका लागि डिजाइन गरिएको हो ।
परम्परागत ईआरपी प्रणालीको तुलनामा सस्तो, सजिलो र स्केलेबल भएको बताइएको छ । समएक्सका संस्थापक तथा सीईओ राजु कार्कीले सानो र मध्यम आकारका व्यवसायहरू महँगो, जटिल र पुराना प्रणाली प्रयोगका लागि बढी लागत लाग्ने भएपनि समएक्स सस्तो र सरल भएको बताए ।
समएक्सको कार्यालय अमेरिका र नेपालमा रहेको छ । यो सिस्टम पनि नेपालबाटै विकास भएको हो । यसले परियोजना लागत लेखाका विशिष्ट आवश्यकताहरूलाई पूरा गर्ने र ब्याक-अफिस बजेटमा ५० प्रतिशतसम्म कटौती गर्ने कार्कीको भनाइ छ ।
सुरूवाती चरणमा समएक्सको प्रयोग अमेरिकाबाट हुने भएपनि क्रमशः अन्य देशमा फैलाउने योजना राजुको छ । समएक्सलाई ग्लोबल प्रडक्ट बनाउने गरी कम्पनीले काम गरिरहेको छ ।
प्रोजेक्टमा आधारित व्यवसायहरूलाई समएक्सले ठूलो सहयोग गर्नेछ । समएक्सलाई सजिलै अन्य सिस्टमहरूसँग पनि अन्तरआवद्धता गर्न सकिने छ ।