सन वे कलेज काठमाडौंले RAIN (रिसर्च एण्ड इन्क्युबेसन सेन्टर) लञ्च गरेको छ। यस केन्द्रमार्फत विद्यार्थीहरूले नयाँ विचार र अनुसन्धानतर्फ आफ्नो सीपलाई अगाडि बढाउन सक्नेछन्।
यो कार्यक्रमले विद्यार्थीहरूलाई सक्षम बनाउन र उनीहरूको जिज्ञासा समाधान गर्न मद्दत गर्नेछ। कार्यक्रममा प्रमुख अतिथिका रूपमा उमेश कुमार गुप्ता उपस्थित हुनु भएको थियो।

सन वे कलेज काठमाडौंले लञ्च गरेको RAIN मा विद्यार्थीहरूले नयाँ इनोभेसन र आफ्नो प्रतिभा देखाउन सक्नेछन्। प्यानल डिस्कसनमा विद्यार्थीहरूलाई आफ्नो व्यवसाय कसरी अघि बढाउने र बजारमा आफ्नो प्रोडक्ट कसरी चिनाउने भन्ने बारे जानकारी दिइयो। रिसर्च एण्ड इन्क्युबेसन सेन्टरको मुख्य उद्देश्य युवाहरूलाई नयाँ इनोभेसन र अनुसन्धानतर्फ अगाडि लैजानु हो।
आईसीटी समाचार