कीवर्डहरू -

नेपाल भित्रियो सनलङले इलेक्ट्रिक कार्गो पिकअप, के के छन् सुविधा ?

नेपाल भित्रियो सनलङले इलेक्ट्रिक कार्गो पिकअप, के के छन् सुविधा ?

सनलङले इलेक्ट्रिक कार्गो पिकअप नेपाल भित्र्याएको छ । ब्लु कर्पोरेसन प्रालिले सनलङको कार्गो भ्यान नेपाल ल्याएको छ । जसअनुसार कम्पनीले ललितपुरको बालकुमारीमा शोरुम स्थापन गरेर सनलङ ईभीयू-३ कार्गो भ्यान सार्वजनिक गरेको हो ।

सनलङ ईभीयू-३ मा ७० किलोवाट क्षमाताको मोटर उपलब्ध छ । यसमा कम्पनीले ४२ किलोवाट आवरको लिथियम आइरन फोस्पेट ब्याट्री दिएको छ । यसलाई एक पटकको फुलचार्जमा २८६ किलोमिटरसम्म रेन्ज दिने कम्पनीको भनाइ छ ।

सनलङ ईभीयू-३ को लम्वाई ४९९५ एमएम, चौडाइ १६६५ एमएम, उचाइ १८२० एमएम र ह्वीलवेस ३०५० एमएम रहेको छ । यसको कार्गोको स्पेसको लम्वाई ३१५५ एमएम, चौडाइ १५४० एमएम र उचाई ३३० एमएम छ । यसको १.४ टन लोडिङ क्षमता रहेको छ ।

यसको टप स्पीड ९० किलोमिटर प्रतिघन्टासम्म छ । यसमा १८० एमएम अग्लो ग्राउन्ड क्लियरेन्स पाउन सकिन्छ । कम्पनीले यसमा भएको ब्याट्री र मोटरमा ५ वर्ष वा २ लाख किलोमिटरसम्मको वारेन्टि दिने बताएको छ ।

ब्लू कर्पोरेशनले ३१ लाख ४५ हजार रुपैयाँ तोकेर बिक्री सुरू गरेको हो । कम्पनीले निकट भविष्यमै कमर्शियल भ्यानसमेत ल्याउने तयारी थालेको छ । कम्पनीसँग १२ सिटे, १४ सिटे, १९ सिटे भ्यान उपलब्ध हुने बताइएको छ ।