पछिल्लो समय विश्वभर नै एआई प्रविधिको लोकप्रियता चुलिएको छ । हामीहरूमध्ये धेरैको दैनिकी समेत बन्न थालिसकेको छ, एआई ।
आजको दिनमा एआई जनशक्तिको माग पनि बढ्न थालेको छ । यसैलाई मध्यनजर गर्दै काठमाडौंको मैतीदेवीमा रहेको सनवे कलेजले पनि एआई शिक्षामा जोड दिइरहेको छ । कलेजको नारा नै छ ‘क्रियटिङ एआई लिडर्स’ ।
सन् २०१० मा स्थापना भएको कलेजले पछिल्ला केही वर्षयता एआई जनशक्ति उत्पादमा विशेष जोड दिएको सनवे कलेजका प्रिन्सीपल खुशल रेग्मीले बताए ।
बेलायतको बर्मिङ्घम सिटी विश्वविद्यालयबाट सम्बन्धन लिएर कलेजले स्नातकमा एआई कोर्षको रूपमा बीएससी (अनर्स) कम्प्युटर साइन्स विथ आर्टिफिसियल इन्टेलिजेन्स (एआई) पढाइरहेको छ ।
यसमा कम्प्युटर सिस्टम, डेटा संरचना, प्रोग्रामिङ, साइबर सेक्युरिटी, एआई, मसिन लर्निङ, न्युरल नेटवर्क, डीप लर्निङ, क्लाउड कम्प्युटिङ जस्ता विषय पढाइ हुन्छन् । यस कोर्षको शुल्क करिब १० लाख रूपैयाँ छ ।
सैद्धान्ति मात्र नभएर प्रयोगात्मक सीप विकासका लागि सुरूवातदेखि नै सीप विकासमा जोड दिने गरेको उनको भनाइ छ । ‘हाम्रो मिसन नै क्लासरूम टु बोर्डरूम हो,’ रेग्मीले आइसिटी समाचारसँग भने, ‘एकेडेमीया र उद्योगबीचको ग्यापलाई कम गर्न निरन्तर लागिरहेका छौं ।’

यो कोर्ष पढेपछि एआई बाहेक आईटीका अन्य क्षेत्रमा पनि जब गर्न सकिन्छ । ४ वर्षे एआई डिग्रीमा ३ वर्ष पढाइ हुन्छ भने एक वर्ष ‘इन्टर्नसीपदेखि प्लेसमेन्ट इयर’ हुन्छ । यसका लागि ६० बढी आईटी कम्पनीसँग कलेजले सहकार्य गरेको छ ।
कलेजले विद्यार्थीलाई मेन्टरसीप, तालिम, वर्कशप प्रदान गर्नुका साथै उनीहरूको सोचलाई स्टार्टअपमा बदल्न एआई ल्याब, आईओटी ल्याब, लन्क्युबेसन सेन्टर समेत स्थापना गरेको छ ।
आईसीटी समाचार