काठमाण्डौको मैतीदेवीमा रहेको सनवे कलेजले एआई पढ्न ‘आइइएलटिएस’ छात्रवृत्ति कार्यक्रम यो वर्ष पनि घोषणा गरेको छ । कलेजले बर्मिङ्घम सिटी युनिभर्सिटी, युकेसँगको साझेदारीमा ४ वर्षे कम्प्युटर विज्ञानमा आर्टिफिसियल इन्टेलिजेन्स संचालन गरेको हो ।
आजको युगमा विश्वव्यापीकरण भएको अङ्ग्रेजी भाषामा प्रवीणता देखाउने र आफ्नो शिक्षालाई अगाडि बढाउन खोजिरहेका विद्यार्थीहरूलाई सहयोग तथा प्रोत्साहन गर्न अन्तर्राष्ट्रिय अङ्ग्रेजी भाषा परीक्षण प्रणाली (आईईएलटीएस) छात्रवृत्ति घोषणा गरेको कलेजले जनाएको छ । छात्रवृत्तिका माध्यमबाट विद्यार्थीहरूलाई स्वदेशमै आफ्नो डिग्री हासिल गर्न प्रोत्साहन मिल्ने विश्वास समेत कलेजले लिएको छ ।
कलेजले छात्रवृत्तिमा छनौट हुन आवेदकहरूले विगत दुई वर्ष भित्र आईईएलटीएस परीक्षा लिई पास गरेको हुनुपर्ने जनाएको छ । यस्तै स्कोरका आधारमा छात्रवृत्ति पाइने भएकाले नतिजाको प्रमाण पनि उपलब्ध गराउनुपर्नेछ ।
सनवे कलजेले ४ वर्षे डिग्री गर्ने क्रममा विद्यार्थीहरूलाई १ वर्ष प्लेसमेन्ट उपल्बध गराउँदै आएको छ । जसमा विद्यार्थीहरुले १ वर्ष प्लेसमेन्ट बापत १२० क्रेडिट प्राप्त गर्दछन । प्लेसमेन्टको लागि कलेजले नेपालमा आईटी र एआईमा काम गर्ने ५० भन्दा बढी कम्पनीहरुसंग सम्झौता गरेको छ ।
विद्यार्थीहरुको दक्षता र विचारहरुलाई इन्क्युबेट गर्ने तथा स्टार्टअप कोष को व्यवस्था पनि उपलब्ध गराएको छ । यसले स्वदेशमा पढ्ने मात्र हैन काम गर्ने अवसर पनि विद्यार्थी माझ पुर्याउने कार्य गर्ने भएको छ ।
यसको लागि कलेज भित्र एआई ल्याब, आईओटी ल्याब, इनोभेसन एण्ड इन्क्युबेशन सेन्टरको पनि उचित व्यवस्था रहेको प्रिन्सिपल खुशल रेग्मीले बताए । कलेजका अनुसार, छात्रवृत्ति रकम विद्यार्थीको आईईएलटीएस स्कोरमा आधारित हुनेछ ।
आईईएलटीएस ६ स्कोर भएका विद्यार्थीहरूका लागि ३० प्रतिशत स्कलरसीप, आईईएलटीएस ६.५ स्कोर भएका विद्यार्थीहरूका लागि ४० प्रतिशत स्कलरसीप, आईईएलटीएस ७ स्कोरलाई ५० प्रतिशत, आईईएलटीएस ७.५ स्कोर भएकाहरू लागि ६० प्रतिशत, आईईएलटीएस ८ स्कोरलाई ७० प्रतिशत, आईईएलटीएस ८.५ स्कोर भएका विद्यार्थीका लागि ८० प्रतिशत र आईईएलटीएस ९ भएका विद्यार्थीहरूका लागि १०० प्रतिशत छात्रवृत्ति प्रदान गरिनेछ । छात्रवृत्ति कलेजको ट्युसन शुल्कमा लागु हुने कलेजले जनाएको छ ।
योग्यता आवश्यकता र आवेदन प्रक्रियासहित यो छात्रवृतिबारे थप जानकारी कलेजको वेबसाइटमा राखिएको जनाएको छ । छात्रवृत्तिमा आवेदन दिने अन्तिम मिती २०२५ मार्च ७ सम्म रहेको छ ।एआई पढ्न ’आइइएलटिएस’ छात्रवृत्तिमा आवेदन दिनका लागि यो लिंकमा किलिक गर्न सक्ने छन् ।