कीवर्डहरू -

सूदर्शन सहकारीका सदस्यहरूले क्युआर स्क्यान गर्दा कारोबार जानकारी तुरून्तै आवाजबाट पाउने

सूदर्शन सहकारीका सदस्यहरूले क्युआर स्क्यान गर्दा कारोबार जानकारी तुरून्तै आवाजबाट पाउने

सूदर्शन बचत तथा ऋिण सहकारी संस्थाले डिजिटल सहकारी सेवा अन्तर्गत क्युआर कोर्डमार्फत कारोवार गर्दा अब कोइली कराउने भएको छ । 

भुक्तानी भएको जानकारी आवाजबाटै तत्काल जानकारी दिने विशेषतासहितको सेवा सूदर्शन बचत तथा ऋिण सहकारी संस्थाले पहिलो पटक सुरू गरेको हो ।  

फोनपे नेटवर्क भुक्तानी प्रणालीमा आबद्ध भएका सदस्यहरुसँग रहेको क्यूआर कोडमार्फत सेवाग्राहीहरूले भुक्तानी गर्दा एसएमएस अलर्ट आउने गरेकोमा अब सो को अतिरिक्त स्मार्ट अडियो अलर्ट डिभाइस ‘कोइली’ बाट कारोबार सफल हुनासाथ तत्कालै सम्बन्धित ग्राहकले भुक्तानी गरेको रकम आवाजबाट निश्चित हुने सहकारीले जनाएको छ ।

यस नवीनतम प्रविधिमा आधारित स्मार्ट अडियो अलर्ट डिभाइसमा रहेको क्यूआर कोड मार्फत भुक्तानी गर्नासाथ सेयर सदस्य तथा ग्राहकहरूले रकम भुक्तानी सफलतापूर्वक भएको सूचना आवाज मार्फत भुक्तानीको तत्काल प्रमाणीकरण गरेर डिजिटल भुक्तानीमा विश्वसनीयता कायम गर्न मद्दत गर्ने मात्र नभई समग्र डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्न यो सेवा थप विश्वसनीय साबित हुने संस्थाले विश्वास लिएको छ ।

सहकारीलाई डिजिटल प्रविधिमा जोड्ने सूदर्शन आइ स्मार्ट एपमार्फत सदस्यहरूले सहकारीको मोवाईल बैंकिङ सेवा प्रयोग गरी खाताको जानकारी, स्टेटमेन्ट, मोवाईल रिचार्ज, पानी, विजुली,डिसहोम, ईन्टरनेट, हवाई टिकट, बस टिकट, सहकारीबाट बैंकमा रियल टाईम बैक ट्रान्सफर, फोन पे क्यु आर स्क्यान, बिभिन्न वालेटहरुमा लोड, बैकबाट सहकारी खातामा रकम ट्रान्सफर, कनेक्ट आईपिएस लगायत अन्य थुप्रै सेवाहरू सजिलै लिन सक्ने छन् ।