कीवर्डहरू -

इनड्राइभको ब्रान्ड एम्बासडरमा अभिनेत्री स्वस्तिमा खड्का नियुक्त, इनड्राइभ ३६० अभियानसमेत सार्वजनिक

इनड्राइभको ब्रान्ड एम्बासडरमा अभिनेत्री स्वस्तिमा खड्का नियुक्त, इनड्राइभ ३६० अभियानसमेत सार्वजनिक

ग्लोबल मोबिलिटी तथा अर्बन सर्भिस प्लेटफर्म इनड्राइभले १० अक्टोबर २०२५ का साँझ होटल याक एण्ड येतीमा आफ्नो नयाँ इनड्राइभ ३६० डिग्री अभियान सार्वजनिक गरेको छ । सोही कार्यक्रममा इनड्राइभले नेपालका लागि नयाँ ब्रान्ड एम्बेसेडरका रुपमा चर्चित नायिका स्वस्तिमा खड्का लाई औपचारिक रुपमा प्रस्तुत पनि गरेको थियो । समारोहमा सञ्चारकर्मी, इन्फ्लुएन्सर, व्यवसायिक साझेदार तथा नेपालमा वृद्धि हुँदै गएको राइड–हेलिङ समुदायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

null

इनड्राइभले आफ्नो ३६० डिग्री अभियानलाई परिचय गराउँदै कम्पनीको “योर जर्नी बिगिन्स विथ योर च्वाइस” भन्ने मूल विश्वास पुनः पुष्टि गरेको छ जुन यात्रु र चालकबीच बार्गेन गरी निष्पक्ष भाडा निर्धारण गर्ने, पारदर्शिता र पारस्परिक लाभ सुनिश्चित गर्ने दर्शनमा आधारित छ । कार्यक्रममा इनड्राइभ नेपालको प्रतिनिधिहरूले भने कि यो अभियानले मोबिलिटी, समुदाय संलग्नता र प्रयोगकर्ता सशक्तिकरणसमेत समेट्ने पूर्ण परिप्रेक्ष्य प्रस्तुत गर्दछ ।

null

ब्रान्ड एम्बेसेडरका रुपमा परिचय गरिएकी स्वस्तिमा खड्का पेशागत चिनारी तथा सार्वजनिक प्रभावका कारण रोजाइमा परिन् । कम्पनीले जनाएको छ कि स्वस्तिमालाई आवद्ध गर्दा इनड्राइभको मूल्यमान्यता जस्तो रोजाइको स्वतन्त्रता र निष्पक्षताको विचारले अझै प्रभुत्व पाउने विश्वास राखिएको छ । आयोजकहरूले थपे कि यो सहकार्यले नेपाली यात्रु र चालकबीच भरोसा र पारदर्शितामा नयाँ आयाम थप्नेछ ।

समारोहमा प्रस्तुत वक्तव्यहरूमा इनड्राइभका प्रतिनिधिहरूले नेपालमा प्लेटफर्मले पाएको प्रतिक्रिया र भविष्यका योजनाहरूका बारेमा उल्लेख गरेका थिए । उनीहरूका अनुसार इनड्राइभको उद्देश्य केवल सवारी सुविधा पु¥याउनु मात्र नभई स्थानीय समुदायसँग अन्तरक्रिया गरी समाधानमुखी र सहभागीता प्रधान सेवाहरू प्रदान गर्नु हो ।

इनड्राइभ ३६० अभियानले नेपालको सन्दर्भमा ग्राहक केन्द्रित नवप्रवर्तन, सामाजिक दायित्व र सेवा विस्तारलाई प्राथमिकता दिने लक्ष्य राखेको बताइएको छ । कम्पनीले आगामी महिनाहरूमा थप सामुदायिक कार्यक्रम, चालक–समर्थन पहल र प्रयोगकर्ता शिक्षामा जोड दिने योजना रहेको जानकारी पनि कार्यक्रममा साझा गर्याे । साथसाथै इनड्राइभमा हर एक राईडको बीमा गरिएको हुने जानकारी पनि दिएको छ ।

null

स्वस्तिमा खड्कासहितको यो नयाँ अध्यायलाई एप/सर्भिस अपडेट तथा आगामी कार्यक्रममार्फत प्रयोगकर्तासम्म पु¥याइने कम्पनीले जनाएको छ ।