कीवर्डहरू -

ह्वावे र एसएमआईसीलाई उत्पादन पठाउनु अघि ताइवानका कम्पनीले अब सरकारी अनुमति लिनुपर्ने

ह्वावे र एसएमआईसीलाई उत्पादन पठाउनु अघि ताइवानका कम्पनीले अब सरकारी अनुमति लिनुपर्ने

ताइवानको वाणिज्य मन्त्रालयले चीनका दुई दिग्गज टेक कम्पनीहरू ह्वावे टेक्नोलोजीज् र सेमीकन्डक्टर म्यानुफ्याक्चरिङ इन्टरनेशनल कर्प (एसएमआईसी) लाई आफ्नो रणनीतिक उच्च प्रविधि एक्स्पोर्ट कन्ट्रोल सूचीमा समावेश गरेको छ ।

यो सूचीमा समावेश भएपछि ताइवानका कम्पनीहरूले यी कम्पनीहरूलाई उत्पादन पठाउनु अघि सरकारी अनुमति लिनु अनिवार्य हुनेछ ।

यो नयाँ अपडेट आइतवार गरिएको हो, जसमा तालिबान र अल–कायदा (जस्ता वैश्विक संस्थाहरूका साथै चीन, ईरान र अन्य देशका धेरै कम्पनीहरू पनि समावेश छन् । अब ह्वावे र एसएमआईसी पनि सोही सूचीको हिस्सा बनेका छन्, जसले दुवै कम्पनीमाथि वैश्विक दबाब बढाएको छ ।

ह्वावे र एसएआईसी दुवैमाथि अमेरिकाले पहिले नै प्राविधिक प्रतिबन्ध  लगाइसकेको छ । यी कम्पनीहरूले चीनमा घरेलु रूपमा विकसित आर्टिफिसियल इन्टेलिजेन्स चिप्स निर्माण गर्दै आएका थिए, ताकि अमेरिकाको एनभिडिया जस्ता कम्पनीहरूसँग प्रतिस्पर्धा गर्न सकून् ।

ताइवान संसारकै सबैभन्दा ठूलो चिप निर्माण कम्पनी — टीएसएमसीको गृहस्थली हो, जो एनभिडिया जस्ता अमेरिकी कम्पनीहरूलाई चिप्स आपूर्ति गर्छ । गत नोभेम्बरमा अमेरिकाले टीएसएमसीलाई केही विशेष चिप्स चीनियाँ ग्राहकलाई आपूर्ति बन्द गर्न निर्देशन दिएको थियो ।