कीवर्डहरू -

डीपफेक भिडियो पहिचान गर्न यी उपाय अपनाउनुहोस्

डीपफेक भिडियो पहिचान गर्न यी उपाय अपनाउनुहोस्

आजको डिजिटल युगमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को मद्दतले डिपफेक भिडियो बनाउन निकै सजिलो भएको छ ।

यी डीपफेक भिडियोहरूले कुनै व्यक्तिको आवाज र अनुहारका हावभावलाई ठ्याक्कै नक्कल गर्न सक्छन्, जसले गर्दा सक्कली र नक्कली भिडियोमा भिन्नता छुट्याउन गाह्रो हुन्छ ।

तर, यदि तपाईं सतर्क रहनुभयो भने, यी पहिचान गर्न सम्भव छ । आउनुहोस्, नक्कली एआई भिडियोहरू चिन्नका केही सरल तरिकाहरूबारे जानौं । 

अनुहारका हाउभाउ र ओठको गतिविधिमा ध्यान दिनुहोस्

  •  डिपफेक भिडियोहरूमा अनुहारका हाउभाउ सामान्यभन्दा फरक वा अप्राकृतिक देखिन सक्छ ।
  •  बोल्दा ओठको चाल र आवाजबीच तालमेल नमिल्न सक्छ ।

आँखाको परेला झिम्क्याउने बानी र आँखाको गति जाँच गर्नुहोस्

  • डीपफेक भिडियोहरूमा आँखा कम झिम्क्याइन्छ वा कहिलेकाहीं परै झिम्कँदैन् ।
  • आँखाको फोकस र चमक सक्कली व्यक्तिको तुलनामा फरक हुन सक्छ ।

पृष्ठभूमि र छायाँहरू राम्रोसँग याद गर्नुहोस्

  •  धेरै पटक भिडियोमा प्रकाशको प्रभाव असली जस्तो लाग्दैन र छायाँहरू अप्राकृतिक तरिकाले बदलिन सक्छन् ।
  •  पृष्ठभूमि र व्यक्तिबीच ब्लर प्रभाव देखिन सक्छ ।

आवाजको गुणस्तर र उच्चारणलाई ध्यानपूर्वक सुन्नुहोस्

  • नक्कली भिडियोहरूमा आवाजलाई एआई उपकरणहरूसँग परिमार्जन गरिएको हुन्छ, जसले गर्दा आवाज यान्त्रिक (रोबोटिक) जस्तो लाग्न सक्छ ।
  •  केही शब्दहरूको उच्चारण गलत हुन सक्छ वा भिडियोको फुटेजसँग राम्रोसँग मेल नखान सक्छ ।

भिडियोको स्रोत र विश्वसनीयता जाँच गर्नुहोस्

  • यदि कुनै आश्चर्यजनक वा विवादास्पद भिडियो भाइरल भइरहेको छ भने, आधिकारिक समाचार च्यानलहरू वा विश्वसनीय वेबसाइटहरूमा यसको पुष्टि गर्नुहोस् ।
  • रिभर्स इमेज सर्च वा भिडियो फ्रेम एनालिसिसबाट भिडियोको वास्तविकता पत्ता लगाउन सकिन्छ ।

विशेष डीपफेक पहिचान उपकरणहरू प्रयोग गर्नुहोस्
विभिन्न अनलाइन उपकरणहरू र सफ्टवेयरहरू छन्, जसले नक्कली भिडियोहरू पत्ता लगाउन मद्दत गर्न सक्छन्, जस्तै :

-डीपवेयर स्क्यानर 
- माइक्रोसफ्ट भिडियो अथेन्टिकेटर
-सेन्सेटी एआई 

यदि तपाईं यी प्रविधिहरू अपनाउनुहुन्छ भने, डिपफेक भिडियोहरूको वास्तविकता छुट्याउन सक्नुहुन्छ र गलत सूचना फैलिनबाट रोक्न योगदान दिन सक्नुहुन्छ ।