नेपालका लागि टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक, सिप्रदी ट्रेडिङले साउनमै दसैँ अफर ल्याएको छ । अफरअनुसार जुनसुकै ब्राण्डका पुराना गाडीहरुसँग टाटाको नेपालमा सर्वाधिक रुचाइएको टाटा टियागो इभी साट्न सकिने कम्पनीले जनाएको छ ।
ग्राहकको परिवर्तित जीवनशैली र अत्याधुनिक सवारीहरुप्रतिको रुची तथा चाहनाहरुलाई मध्यनजर गर्दै टाटा मोटर्सको शोरुम थापाथली लगायत देशैभरी रहेका शोरुमहरुमा साउन २५ गते देखि २७ गतेसम्म एक्सचेञ्ज कार्यक्रम आयोजना गर्न लागेको जानकारी दिएको छ ।
यस कार्यक्रममा निःशुल्क रुपमा अटोप्लस इन्स्योरेन्स, ३ वर्षको सर्भिसिङ्ग, १ वर्षको सवारी कर, एक्सेसरिज तथा आकर्षक एक्सचेन्ज बोनस लगायतका सुविधाहरु प्राप्त गर्न सकिने जनाइएको छ ।
साथै साउनमै दसैँ कार्यक्रममा ग्राहकहरुले टाटा मोटर्सको नयाँ तथा अत्याधुनिक डिजाइनका उत्पादनहरु अवलोकन तथा टेष्ट ड्राइभ गर्न सक्नेछन् । यस कार्यक्रममा सहभागी भई नयाँ टाटाका बिद्युतीय गाडीहरु खरिद गरेर भरपुर फाइदा उठाउन कम्पनीले अनुरोध गरेको छ ।