२०२५ नयाँ वर्षको अवसरमा नेपालका लागि टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक सिप्रदी ट्रेडिङले यही पुस २६ देखि २८ गतेसम्म 'न्यू ह्विल्स, न्यू डिल्स' कार्यक्रम आयोजना गर्दैछ ।
यस अवधिमा टाटाको नेपालमा अत्याधिक रुचाइएको टियागो इभी र पन्च इभीको हरेक बुकिङमा आकर्षक डिल्सको साथै आकर्षक उपहार प्राप्त गर्न सकिने कम्पनिले जनाएको छ।
यो एक्सचेन्ज क्याम्पमा जुनसुकै ब्राण्डका पुराना गाडीहरूसँग आकर्षक डिल्समा टियागो इभी र पन्च इभी साट्न सकिने छ।
आकर्षक एक्सचेन्ज बोनसको साथै उक्त कार्यक्रममा गाडी खरिद गर्ने ग्राहकहरूले सिप्रदीको चार्जिङ नेटवर्कमा लाइफ टाइम निःशुल्क चार्जिङ, निःशुल्क इम्बोस्ड नम्बर प्लेट, १ वर्षको सवारी कर, एक्सेसरिज र हरेक बुकिङमा आकर्षक उपहार प्राप्त गर्न सक्नेछन्।
'न्यू ह्विल्स, न्यू डिल्स' टाटा मोटर्सको देशभर रहेका सोरुमहरूमा आयोजना हुन लागेको छ। सो अवसरमा ग्राहकहरूले टाटा मोटर्सको नयाँ तथा अत्याधुनिक डिजाइनका उत्पादनहरू अवलोकन तथा टेष्ट ड्राइभ गर्न सक्नेछन्। साथै, नयाँ गाडी खरिद गरेर भरपुर फाइदा उठाउन कम्पनीले अनुरोध समेत गरेको छ।