कीवर्डहरू -

टीसीएलको दशैं तिहार अफर, सामान खरिदमा १ लाख ६३ हजारसम्म क्यासब्याक पाइने

टीसीएलको दशैं तिहार अफर, सामान खरिदमा १ लाख ६३ हजारसम्म क्यासब्याक पाइने

इलेक्ट्रोनिक्स ब्रान्ड टीसीएलले आउँदै गरेको दसैँ तिहार र छठपर्व सँगै आफ्नो नयाँ अभियान ‘सेलिब्रेट ग्रेटनेस टुगेदर’ घोषणा गरेको छ । यस अभियानले ग्राहकहरूलाई उत्साहजनक क्यासब्याक र उपहारहरूका साथ आफ्नो घर मनोरञ्जनको अनुभव अपग्रेड गर्न अविश्वसनीय अवसर प्रदान गर्ने कम्पनीले जनाएको छ ।

यो अभियानअनुसार टीसीएलले ग्राहकहरूलाई इलेक्ट्रोनिक्स सामानहरुको खरिदमा १ लाख ६३ हजार ५०० रूपैयाँसम्मको क्यासब्याक प्रदान गर्नेछ । यो अभियानलाई अझ आकर्षक बनाउन प्रत्येक ग्राहकलाई निश्चित उपहार जित्न पाउने ग्यारेन्टी समेत दिएको कम्पनीको भनाइ छ । 

थप उत्साहका लागि टीसीएलले बम्पर अफर प्रस्तुत गरिरहेको जनाएको छ, जसअनुसार पाँच भाग्यशाली विजेताहरूले प्रतिष्ठित सीएमएफ फोन वान बाई नथिङ जित्ने मौका पाउने जानकारी दिइएको छ ।  नेपालमा टीसीएलको घरायसी उपकरणहरु चौधरी ग्रूप अन्तर्गत सिजी इलेक्ट्रोनिक्सले बिक्री वितरण गर्दै आएको छ ।