कीवर्डहरू -

बिहीबार काठमाडौंमा टेकपीक नेपाल हुँदै, आईटी प्रडक्ट र सेवा निर्यातको सम्भावना बारे छलफल हुने

बिहीबार काठमाडौंमा टेकपीक नेपाल हुँदै, आईटी प्रडक्ट र सेवा निर्यातको सम्भावना बारे छलफल हुने

बिहीबार काठमाडौंको सोल्टी होटलमा टेकपीक नेपाल २०२४ आयोजना हुने भएको छ । 

नेपालको सूचना तथा सञ्चार प्रविधिको बदलिँदो अवस्थालाई ध्यानमा राख्दै नेपाल उद्योग परिसंघ, अमेरिकन च्याम्बर अफ कमर्स र न्यास आईटीको संयुक्त आयोजना  र लगानी बोर्डसँगको सहकार्यमा टेक पिक कार्यक्रम हुन लागेको हो । 

‘इग्नाइट इट, इन्भेष्ट इन नेपाल’ भन्ने नारासहित हुने टेकपिकमा नेपालले निर्यात गर्न सक्ने सूचना प्रविधि प्रडक्ट तथा सेवाहरूको सम्भावना बारे छलफल हुनेछ । 

टेकपीकले डिजिटल नेपाल क्रान्तिलाई अर्को चरणमा लैजान उद्यमी, नीति निर्माता, लगानीकर्ता लगायत प्रविधिमा चोसो राख्ने सबैलाई एकै ठाउँमा ल्याउने आयोजकको विश्वास छ । 

यस बाहेक सरकारले टेकपीकलाई गिगइकोसिस्टमका लागि धेरैभन्दा धेरै विदेशी लगानी भित्र्याउन पनि पहल गर्न सक्ने आयोजकले जनाएको छ ।  

टेकपीकलाई युएसएआईडी, विश्व बैंक, युरोपेली संघ, ईसीसी, एशियाली विकास बैंक, आईएमई पे, नियोटेरिक, मार्चिङ आन्ट, लक्ष्मी सनराइज बैंक, एनएमबी एस क्यापिटल, एनआईबीएल इक्विटी पार्टनर लगायतका संस्थाको सहयोग रहेको छ ।