टेक्नोले नेपाली बजारमा आफ्नो नवीनतम उत्पादन टेक्नो फ्यान्टम भी फोल्ड २ फाइभजी सार्वजनिक गरेको छ। फोल्डेबल प्रविधिमा नयाँ स्तर स्थापना गर्ने उद्देश्यले ल्याइएको यो स्मार्टफोन प्रविधिप्रेमीहरूका लागि विशेष आकर्षण बन्ने अपेक्षा गरिएको छ।
कम्पनीका अनुसार फ्यान्टम भी फोल्ड २ ले अत्याधुनिक प्रविधि र उत्कृष्ट डिजाइको संयोजन प्रदान गरेको छ। यसको मुख्य विशेषता दुईवटा स्क्रिन रहेको र यसले उपयोगकर्ता अनुभवलाई थप प्रिमियम बनाउने कम्पनीको भनाइ छ।
५० मेगापिक्सेल मुख्य क्यामेरा, अल्ट्रा-वाइड र टेलीफोटो लेन्स रहेको फोनमा ५७५० एमएएच क्षमताको ब्याट्री रहेको छ । किफायती मूल्यमा अत्याधुनिक प्रविधि चाहने ग्राहकहरूको लागि यो एक उत्कृष्ट विकल्प हुने कम्पनीको दाबी छ ।