कीवर्डहरू -

१० औं वार्षिकोत्सव मनाउँदै टेक्नोरियो

१० औं वार्षिकोत्सव मनाउँदै टेक्नोरियो

आईटी कम्पनी टेक्नोरियो १० औं वर्ष पूरा गरी ११ औं वर्षमा प्रवेश गरेको छ । एक दशकअघि देशमै केही गर्ने हुटहुटीसहित टेक्नोरियोको स्थापना भएको थियो । 

कलेज पढ्दै गर्दा काठमाडौं विश्वविद्यालयले आयोजना गरेको ह्याकाथन कम्पिटिशन जितेपछि त्यही प्रोजेक्टबाट टेक्नोरियो स्थापनाको भएको थियो । 

युवा विदेश पलायन भइरहेको बेला नेपालमै अवसर देखेर सुरू भएको टेक्नोरियोले आज एक दशकको यात्रा तय गरिसकेको छ । 

कम्पनीले वेब एण्ड सफ्टवेयर डेभलपमेन्ट, डिजिटल मार्केटिङ, कर्पोरेट आईटी सर्भिस एण्ड सोलुसन जस्ता सेवा दिदै आएको छ ।

कुनै पनि कार्यक्रमको रजिष्ट्रेसन प्रक्रिया डिजिटल माध्यमबाट व्यवस्थापन गर्न सघाउने टेक्नोरियोको पासकिट प्रडक्ट समेत बजारमा उपलब्ध रहेको छ । 

आगामी वर्षहरूमा नयाँ नयाँ प्रडक्ट विकास र गुणस्तरीय सेवा प्रवाहमा जोड दिने कम्पनीको भनाइ छ ।