शुक्रबार नेपाल पर्यटन बोर्डको हलमा टेडएक्स टक हुने भएको छ । ‘विगतलाई अगाल्दै, भविष्यको कल्पना गर्दै, थिमसहित सफ्टवेरिका कलेजले आयोजना गरेको टेडएक्स सफ्टवेयरिका शुक्रबार हुने भएको हो ।
कार्यक्रममा विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरुले आफ्नो अनुभव बाड्ने छन् । कार्यक्रम शुक्रबार बिहान ९ बजेदेखि सुरू हुनेछ ।
टेडएक्स सफ्टवेरिका कलेजको वक्ताका रूपमा खल्तीका सीईओ विनय खड्का, रिपोटर्स क्लबका संस्थापक ऋषि धमला, नबिल बैंकका पूर्व सीईओ अनिल केशरी शाह, हाइभलयकी सीईओ प्रणयना केसी, ठमेल डटकमका संस्थापक बालकृष्ण जोशी, नेपाल टि कलेक्टिभका सह-संस्थापक अमिगो खड्का, कोक्रोमाकी संस्थापक रेवती गुरूङ, पिपुल फर्स्ट ट्रेनिङ एण्ड कन्सल्टिङकी संस्थापक इच्छा मल्ल र आउटरिच नेपालका संस्थापक उजय शाक्य रहेका छन् ।