रमेश कर्पको अन्तर्गतको कम्पनी टेली डिजिटल सर्भिसेसले गुगल क्लाउडसँगको निरन्तर सहकार्यलाई विस्तार गर्दै गुगल क्लाउड पार्टनर एड्भान्टेज कार्यक्रममा पार्टनर स्तरको ‘गुगल वर्कस्पेस सेल पार्टनर’ को रूपमा सामेल भएको घोषणा गरेको छ।
सन् २०२३ देखि आधिकारिक गुगल वर्कस्पेस रिसेलरको रूपमा मान्यता पाएको यस कम्पनीले, गुगल वर्कस्पेस लाइसेन्समा सहज पहुँच दिलाउँदै, स्थानीय भुक्तानी विकल्प, तत्काल लाइसेन्स डेलिभरी, र सम्पूर्ण सपोर्टसहित एउटै स्थानबाट सबै सुविधा उपलब्ध गराउनेछ।
सहकार्यको सुरुवातदेखि हालसम्म कम्पनीले ५० भन्दा बढी व्यवसायलाई सेवा दिँदै आएको छ। टेली डिजिटलले परम्परागत सिप्यानल–आधारित इमेल प्रणालीको साटो जीमेल–आधारित समाधान प्रदान गर्दै, एकीकृत सहकार्यका लागि आवश्यक सबै टुल्स उपलब्ध गराएर व्यवसायलाई अझ सहज, सक्षम र प्रतिस्पर्धी बनाउँदै आएका छन्।
टेली डिजिटल सर्भिसेसका सिईओ नवाँकुर सूदले अव्यवस्थित सिप्यानल समाधानसँग जुधिरहेका नेपाली व्यवसाहरूलाई गुगल क्लाउडको एकीकृत इकोसिस्टममा पहुँच दिलाएका बताए । यसले व्यवसायहरूलाई प्राविधिक जटिलताभन्दा आफ्नै विकास र विस्तारमा ध्यान दिन सक्ने बनाउने उनको भनाइ छ ।
यस्तै टेली डिजिटल सर्भिसेसका मार्केटिङ प्रमुख निखिल खेराडीले व्यवसायलाई प्रोफेसनल इमेल ब्रान्डिङ, डकुमेन्ट सहकार्य, र सम्पूर्ण कम्युनिकेशन टुल्स एउटै सब्स्क्रिप्सनमा प्रदान गर्ने जानकारी दिए ।
टेली डिजिटल सर्भिसेसको यो सहकार्यले नेपालमा अझै पनि सिप्यानल प्रणालीमा निर्भर रहेका व्यवसायलाई आधुनिक क्लाउड–आधारित समाधानतर्फ उन्मुख गराउनेछ । गुगल वर्कस्पेसले इमेल, डकुमेन्ट सिर्जना र सहकार्य टुल्सलाई एउटै प्लेटफर्ममा उपलब्ध गराई, जीमेलको भरोसायुक्त इन्फ्रास्ट्रक्चरमा आधारित उत्कृष्ट विकल्प प्रदान गर्दछ।