कीवर्डहरू -

निःशुल्क डेटा र भ्वाइससहित टेलिकमले ८ कक्षादेखि माथिका विद्यार्थीलाई नयाँ सिम दिने

निःशुल्क डेटा र भ्वाइससहित टेलिकमले ८ कक्षादेखि माथिका विद्यार्थीलाई नयाँ सिम दिने

नेपाल टेलिकमको कक्षा ८ देखि माथिका विद्यार्थीलाई समेत नयाँ सिम उपलब्ध गराउने भएको छ ।

कक्षा ८, ९ र १० का विद्यार्थीलाई समेत निजको अभिभावकको नागरिकता र सम्बन्धित विद्यालयद्वारा जारी गरिएको परिचय पत्रको आधारमा ९० रूपैयाँमा प्रिपेड सिमकार्ड उपलब्ध हुनेछ । 

सो सिमकार्डमा समेत नयाँ सुविधा उपलब्ध हुनेछ । नयाँ सिमकार्डमार्फत १ जीबी डाटा चलाउन सकिने छ भने नेपाल टेलिकमकै नेटवर्कमा १०० मिनेट भ्वाइस कल गर्न र १०० वटा एसएमएस पठाउन सकिने छ । सो सिमकार्डमा पनि रु. १० ब्यालेन्स हुनेछ ।