कीवर्डहरू -

टेलिकमले कन्भरजेन्ट रियल टाइम बिलिङ प्रणाली सफल रूपमा सञ्चालन गर्न नसक्दा ५२ लाख राजस्व गुम्यो

टेलिकमले कन्भरजेन्ट रियल टाइम बिलिङ प्रणाली सफल रूपमा सञ्चालन गर्न नसक्दा ५२ लाख राजस्व गुम्यो

 नेपाल टेलिकमले कन्भरजेन्ट रियल टाइम बिलिङ प्रणाली सफल रूपमा सञ्चालन गर्न नसक्दा करिब ५२ लाख ६७ हजार रूपैयाँ राजस्व गुमेको छ ।

महालेखापरीक्षकको ६१ औं प्रतिवेदनले आर्थिक वर्ष २०७९-८० मा कन्भरजेन्ट रियल टाइम बिलिङ प्रणाली सफल रूपमा सञ्चालन हुन नसकेकोले करिब रू.५२ लाख ६७ हजार राजस्व गुमेको तथ्य औंल्याएको हो । 

६ महिना अघिसम्मको ब्याकअप डाटा पुनः प्राप्त गर्न नसकिएका कारण यथार्थ बिलिङ सुनिश्चित गर्न सकेको नसकेको महालेखाको भनाइ छ ।

संस्थाले भविष्यमा हुने नोक्सानीलाई न्यूनीकरण गर्न प्रणालीको प्रभावकारिता सुनिश्चितता गर्न समेत महालेखाले सुझाव दिएको छ ।