कीवर्डहरू -

दाङको बङ्गलाचुलीमा टेलिकमको एफटिटीएच सेवा

दाङको बङ्गलाचुलीमा टेलिकमको एफटिटीएच सेवा

दाङको बंगलाचुली गाउँपालिकाको कमिरेचौरमा नेपाल टेलिकमको फाइबर टु द होम (एफटीटीएच) सेवा सुरू भएको छ । बिहीबार सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले एफटिटीएच) सेवाको शुभारम्भ गरेकी हुन् । 

टेलिकमको एफटीटीएचबाट टेलिफोन, इन्टरनेट र टेलिभिजनको सेवा उपयोग गर्न सकिन्छ । दाङको कमिरेचौरमा एफटीटीएच सेवा पुगेसँग उक्त क्षेत्रमा अब उच्च गतीको इन्टरनेट चल्ने छ । 

कमिरेचौरमा पाँच सय १२ लाइन क्षमताका फाइबर डिस्ट्रिब्युसन क्याविनेट (एफडिसी) जडान गरी सेवा सुरु गरिएको हो । पहिलो चरणमा बङ्गलाचुली गाउँपालिकाको कार्यालय, कमिरेचौर बजार र श्रीवारीका गाउँमा यो सेवा उपलब्ध गराइने छ ।