कीवर्डहरू -

टेलिकमले मनसुन अफर, भ्वाइस, डाटा तथा एसएमएस प्याकेजमा छुट

टेलिकमले मनसुन अफर, भ्वाइस, डाटा तथा एसएमएस प्याकेजमा छुट

नेपाल टेलिकमले असार २६ गतेदेखि मनसुन अफर सञ्चालनमा ल्याएको छ । यस अन्तर्गत विभिन्न आकर्षक प्याकेज तथा सुविधाहरु उपलब्ध गराएको छ । 

यस अफर अन्तर्गत विभिन्न सुविधासहितका भ्वाइस, डाटा तथा एसएमएस प्याकेज उपलब्ध गराइएको छ भने विशेषगरी शारीरिक तथा मानसिक रुपमा फरक क्षमता भएका व्यक्तिहरुका लागि बोनस सहितका प्याकेजका साथै सजिलो अनलिमिटेड ६९९ र ७९९ प्याकेज ३० प्रतिशत छुटमा समेत उपलब्ध गराइने छ ।

ग्राहकले आफ्नो मोबाइलबाट *1415# डायल गरेर वा नेपाल टेलिकम’एपको प्रयोग गरेर विभिन्न प्याकेजहरु सम्बन्धी जानकारी लिन तथा खरिद गर्न सक्नेछन् । 

यस अफर सम्बन्धमा विस्तृत जानकारी यहाँ क्लिक गरेर प्राप्त गर्न सकिनेछ।