कीवर्डहरू -

५०० सय जनालाई दूरसञ्‍चार पूर्वाधार मर्मत सम्बन्धी व्यवसायिक तालिम दिदै सरकार

५०० सय जनालाई दूरसञ्‍चार पूर्वाधार मर्मत सम्बन्धी व्यवसायिक तालिम दिदै सरकार

सरकारले ५०० सय जनालाई दूरसञ्‍चार पूर्वाधार मर्मत सम्बन्धी व्यवसायिक तालिम दिने भएको छ । 

मन्त्रालय सम्हालेको माघ ३ गते एक वर्ष पुरा भएको अवसरमा आयोजित एक कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले ५०० सय जनालाई दूरसञ्‍चार पूर्वाधार मर्मत सम्बन्धी व्यवसायिक तालिम दिने योजना रहेको जानकारी दिएकी हुन् ।  

मन्त्रालयले चालु आर्थिक वर्षमा सूचना प्रविधिमा युवा आकर्षण वृद्धि गर्न नवप्रवर्द्धनात्मक कार्यक्रम अघि बढाएको छ ।

यसका लागि डिजिटल आविष्कार प्रदर्शनी, सूचना प्रविधिमा आधारित नवप्रवर्तन, सचेतना र स्टार्टअप छनौट गर्न डिजिटल च्याम्पियन, डिजिटल साक्षरता, दूरसञ्‍चार पूर्वाधार मर्मत सम्बन्धी व्यवसायिक तालिम जस्ता कार्यक्रम अघि सारिएको शर्माको भनाइ छ ।

नेपाल दूरसञ्चार प्राधिकरण र इन्जिनियरिङ्ग अध्ययन संस्थान, पुल्चोकबीच सूचना प्रविधि एक्सिलेन्स सेन्टर स्थापना गर्ने सहमति भई कार्य अगाडि बढेको उनले जानकारी दिइन ।