टेलिनेट प्रा.लि.ले नेपालभरका मोबाइल प्रयोगकर्तालाई लक्षित गर्दै ‘क्रिकेट प्रिमियर लिग भर्चुअल कन्टेस्ट’ सार्वजनिक गरेको छ । एनसेलसँगको एक दशकभन्दा लामो सहकार्यलाई निरन्तरता दिँदै टेलिनेटले डिजिटल मनोरञ्जनका क्षेत्रमा यो नयाँ योजना ल्याएको हो ।
यो भर्चुअल क्रिकेटमा आधारित मोबाइल गेम हो । यसमा प्रयोगकर्ताले ब्याटिङ गर्दै रन बनाउन र स्कोर बढाउन सक्ने कम्पनीको भनाइ छ । कम्पनीका अनुसार यो कुनै ‘लकी ड्र’ नभई प्रयोगकर्ताको कौशलमा आधारित प्रतिस्पर्धा हो । जसले जति धेरै स्कोर बनाउँछ, उसले उति नै उत्कृष्ट पुरस्कार जित्ने अवसर पाउनेछ ।
कसरी लिने सहभागिता ?
प्रतियोगितामा सहभागी हुन एनसेल प्रयोगकर्ताले ‘गेम्स गुरु’ (Games Guru) सेवा सुचारु (Subscribe) गर्नुपर्ने हुन्छ । सेवा सुचारु गरेपछि प्रयोगकर्ताले प्रतियोगितामा प्रवेश पाउँछन् र दैनिक गेम खेल्दै पुरस्कार जित्न सक्छन् । एनसेल एप, गेम्स गुरु वेबसाइट, यूएसएसडी कोड वा एसएमएसमार्फत यो सेवा सजिलै सुचारु गर्न सकिने कम्पनीले जनाएको छ ।
सहभागी हुन चाहनेले एसएमएस बक्समा “ACT TGGi1Y3” टाइप गरी ३११०५ मा पठाएर तुरुन्तै खेल सुरु गर्न सक्नेछन् ।
के-के छन् पुरस्कार ?
प्रतियोगिताका विजेताहरूका लागि ठूलो पुरस्कार राशि (Prize Pool) छुट्याइएको छ । खेलमा उच्च स्कोर गर्ने प्रयोगकर्ताले निम्न पुरस्कारहरू जित्न सक्नेछन् :
- पल्सर १५० सीसी (Pulsar 150 CC) मोटरसाइकल
- सामसुङ ४ के युएचडी स्मार्ट टिभी (Samsung 4K UHD Smart TV)
- रेडमी नोट १४ (Redmi Note 14 - 6/128GB)
- हेल्थ चेकअप प्याकेज र अनलाइन डाक्टर परामर्श
- एम फोर (M4) स्मार्ट फिटनेस ब्यान्ड
- पठाओ राइड कुपन र चलचित्रको टिकट
- एनसेल टप-अप, डेटा प्याक तथा पब्जी युसी कोइन्स (PUBG UC Coins)
टेलिनेट प्रा.लि.का सीईओ नवांकुर सूदले प्रयोगकर्तालाई रमाइलो, सहज र पुरस्कार–केन्द्रित डिजिटल अनुभव प्रदान गर्ने उद्देश्यले यो कन्टेस्ट ल्याइएको बताए ।
आईसीटी समाचार