कीवर्डहरू -

हल्ट प्राइज एट पुलचोक क्याम्पसको फिनाले सम्पन्न, दृश्य टिम बन्यो विजेता

हल्ट प्राइज एट पुलचोक क्याम्पसको फिनाले सम्पन्न, दृश्य टिम बन्यो विजेता

द हल्ट प्राइज एट आइओइ पुलचोक क्याम्पसको फिनाले सम्पन्न भएको छ । गत शनिबार द इन्ट्रान्स क्याफेमा फाइनल कार्यक्रम आयोजना भएको थियो । 

कार्यक्रममा १० फाइनलिस्ट समुहहरुले हल्ट प्राइजको थिममा आधारित आफ्नो आईडिया पिचर गरेका थिए । उक्त कार्यक्रममा टिम भिस्टाले मोटरसाइकल दुर्घटना पत्ता लगाउने हेल्मेट, इनर भिजनले कृषकहरुलाई रोपाइदेखि व्यापारसम्म सहज वातावरण सिर्जना गर्ने एप, योङ्कोले स्मार्ट पारकिङ्, टुरिचले पर्यटकीय सहजता, उल्काले विद्युतीय साघन चार्ज गर्ने प्रणाली, ह्वकआइको सिसिटिभि निगरानी प्रणालीमा परिवर्तन, क्वान्ट–एक्सको जुत्ताको शोल निर्माण, दृश्यले दृष्टिबिहिनहरुलाई वस्तु पत्ता लगाउने चश्मा, बनाना फाइबरले केराको फाइबरबाट विभिन्न वातावरण मैत्री वस्तु र द स्वेएरले प्लास्टिकबाट इन्धन निर्माण गर्ने आईडिया प्रस्तुत गरेका थिए । 

प्रस्तुत आईडियाहरूबाट विजेता छनौट गर्न नाम्चेका को–फाउन्डर वरुन पाण्डे, ग्लोकल प्रालिका अध्यक्ष आशिश ठाकुर, मिस नेपाल २०२२ डा. सरिशा श्रेष्ठ र इनग्रेल्सका संस्थापक निर्देश द्वाको निर्णायक मण्डल गठन गरिएको थियो । 

हरेक समुहका लागि प्रस्तुतीलाई चार मिनेट र निर्णायक मण्डलसङ्ग प्रश्न उत्तर सत्रलाई अर्को चार मिनेटको समय छुट्याइएको थियो । १० जनाको फाइनलिष्ट मध्येबाट दृश्य टिम विजेता बनेको छ । अब दृश्य टिम हल्ट प्राइजको अन्तर्राष्ट्रिय प्रतियोगितामा जानेछ । यस बाहेक ह्वकआइ र योङ्को दोस्रो र तेस्रो स्थानमा पर्न सफल भएका छन् ।