कीवर्डहरू -

टेस्लाको रोबोट्याक्सी सेवा सुरू, सीमित प्रयोगकर्तालाई सुरूवाती अनुभव

टेस्लाको रोबोट्याक्सी सेवा सुरू, सीमित प्रयोगकर्तालाई सुरूवाती अनुभव

अमेरिकी इलेक्ट्रिक कार निर्माता कम्पनी टेस्लाले रोबोट्याक्सी सेवा सुरू गरेको छ । कम्पनीले आफ्ना चुनिएका प्रयोगकर्ताहरूलाई पहिलोपटक रोबोट्याक्सी सेवा अनुभव गराउन थालेको हो । 
कम्पनीले अष्टिनमा पूर्णतः स्वचालित सवारी सेवा सुरू गरेको छ ।

प्रारम्भिक यात्रुहरूलाई पठाइएको ‘अर्ली एक्सेस’ इमेल अनुसार, रोबोट्याक्सी सेवा प्रयोग गर्ने पहिलो समूहसँग कारमा ‘टेस्ला सेफ्टी मोनिटर’ पनि सँगै रहनेछ।

उक्त सेफ्टी मोनिटरको भूमिकाबारे विस्तृत जानकारी नआएको भए पनि उनीहरू मोडेल वाईमा आधारित स्वचालित कारको अगाडिको सिटमा बस्नेछन् । सेवा भू-सीमित क्षेत्रमा मात्र सिमित हुनेछ, जसमा विमानस्थलहरू समावेश नहुने कम्पनीले जनाएको छ । 

साथै, खराब मौसमका कारण सेवा अस्थायी रूपमा उपलब्ध नहुन सक्ने र प्रयोगकर्ताले बिहान ६ बजेदेखि राति १२ बजेसम्म मात्र सवारी बोलाउन पाउने सर्तहरू राखिएका छन्।

हालको लागि टेस्लाको रोबोट्याक्सी सेवा मोडेल वाईमा आधारित हुनेछ । कम्पनीले यस सेवामार्फत भविष्यमा ल्याउन लागिएको ‘साइबरक्याब’ नामक अत्याधुनिक रोबोट्याक्सीको पूर्वाधार तयार गर्ने लक्ष्य लिएको छ । साइबरक्याबको उत्पादन २०२६ अगाडि नहुने टेस्लाको भनाइ छ ।

टेस्लाको यो सेवा अहिले नै अष्टिनमा सञ्चालनमा रहेको Waymo को स्वचालित सवारी सेवासँग प्रतिस्पर्धामा पर्नेछ। वेमोले यसै वर्षको मार्च महिनादेखि अष्टिनका बासिन्दालाई पूर्ण स्वचालित सवारी सुविधा प्रदान गर्दै आएको छ ।