कीवर्डहरू -

कोडेभर इन्टरनेसनलको राष्ट्रिय प्रतियोगीताको ‘उत्कृष्ट प्रस्तुति’ अवार्ड काठमाडौँ न्यु क्यासल स्कुललाई

कोडेभर इन्टरनेसनलको राष्ट्रिय प्रतियोगीताको ‘उत्कृष्ट प्रस्तुति’ अवार्ड काठमाडौँ न्यु क्यासल स्कुललाई

निमा एजुकेसन फाउन्डेसनले आयोजना गरेको कक्षा ४ देखि १२ सम्मका विद्यार्थीका लागि नेपालको सबैभन्दा ठुलो राष्ट्रिय स्तरको कोडेभर प्रतियोगिता सम्पन्न भएको छ ।

माघ २८ र २९ गते काठमाडौंमा आयोजना भएको उक्त प्रतियोगितामा १५० विद्यार्थीहरूले एआईदेखि रोबोटिक्ससम्मका विभिन्न परियोजना तयार पारेर प्रदर्शन गरेका थिए ।

प्रतियोगितामा विद्यार्थीले आफ्नो सीप प्रदर्शन गर्ने र एक अर्काबाट सिक्ने अवसर पाएको निमा एकेडेमीले जनाएको छ । प्रदर्शनीमा सहभागी विद्यार्थीलाई सात विधामा ११ पुरस्कार प्रदान गरिएको थियो ।

प्रतियोगितामा उत्कृष्ट प्रस्तुतिको अवार्डका रूपमा काठमाडौँ न्यु क्यासल स्कुलले ओम्नी ह्विल चेयर परियोजनाले नगद पुरस्कार ५ हजार पाएको छ ।

उक्त प्रतियाेगितामा सहभागी विद्यार्थीका साथै अभिभावकहरूलाई स्कुलले फागुन ६ गते आईतबार एक कार्यक्रम राखी सम्मान गरेकाे छ । 

अब काठमाडौं न्यु क्यासल स्कुलका विद्यार्थीहरूले दुबईमा हुन लागेको कोडेभर ५.० अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाल प्रतिनिधित्व गर्दै सहभागिता जनाउने छन्, जहाँ २३ भन्दा बढी राष्ट्रका विद्यार्थीहरूसँग प्रतिस्पर्धा गर्ने छन् ।