कीवर्डहरू -

ललितपुर महानगरपालिकाको ‘एलएमसी अलर्ट’ एप, गुनासो गर्नेदेखि एम्बुलेन्ससम्म बोलाउन सकिने

ललितपुर महानगरपालिकाको ‘एलएमसी अलर्ट’ एप, गुनासो गर्नेदेखि एम्बुलेन्ससम्म बोलाउन सकिने

ललितपुर महानगरपालिकाले महानगरबासीको गुनासो सुन्न तथा सूचना दिन ‘एलएमसी अलर्ट’ मोबाइल एप सार्वजनिक गरेको छ । 

एलएमसी अलर्टमा महानगरपालिका भित्र आगलागी भएको, ढल, मंगाल फुटेको, विपद व्यवस्थापनको लागि तत्काल गर्नुपर्ने कामदेखि फुटपाथ अतिक्रमण, सार्वजनिक जग्गा अतिक्रमणको गुनासो ३ ट्याप गरेर महानगर प्रहरीलाई सन्देश दिन सकिने छ । 

यसका साथै एपबाटै तत्काल आवश्यक पर्ने सवारी एम्बुलेन्स, दमकल, शववाहन, भेटनेरी एम्बुलेन्स लगायतलाई खबर गर्न सकिने छ । यो एप ललितपुर महानगरपालिकाको महानगर प्रहरीले सञ्चालन गर्नेछ । 

एपबाट २१ वटा सूचना, जानकारी, गुनासो महानगर प्रहरीलाई नोटिफिकेसन आउने गरी व्यवस्था मिलाइएको छ । इन्टरनेट भएको ठाउँमा मोबाइल एपको माध्यमबाट सिधै फोटो र भिडियो र नभएको ठाउँमा स्मार्ट अफलाइन अन गरेपछि एप्लिकेसनले नै दिएको एसएमएस मेसेज गरेपछि सिधै कन्ट्रोल रुममा अलर्ट आउने छ । 

यसरी आएको अलर्ट सिधै नगर प्रहरीको कन्ट्रोल रुममा लोकेसनसहित आउने र तत्काल समस्याको समाधानको लागि ठूलो मद्दत पुग्ने जनाइएको छ । एलएमसी अलर्ट मोबाइल एप डाउनलोड गर्न एन्ड्रोइडमा यहाँ क्लिक गर्नुहोस् भने आईओएसका लागि यहाँ क्लिक गर्नुहोस् ।