कीवर्डहरू -

सामाजिक सञ्जालबाट एकल महिलालाई दुर्व्यवहार गर्ने फरार प्रतिवादी पक्राउ

सामाजिक सञ्जालबाट एकल महिलालाई दुर्व्यवहार गर्ने फरार प्रतिवादी पक्राउ

सामाजिक सञ्जालमार्फत एकल महिलालाई दुर्व्यवहार गर्ने फरार प्रतिवादी पक्राउ परेका छन् । 

सामाजिक सञ्जालबाट एकल महिलालाई दुर्व्यवहार गरेको आरोपमा गुल्मीका ४४ वर्षीय डिल बहादुर गलामीलाई पक्राउ गरिएको हो । 

म्यासेजिङ एपमा साथी बनी कुराकानी हुने क्रममा भएका वार्तालापको स्क्रिन रेकड गरी राखेको तथा उक्त स्क्रिन सट सम्पादन गरी सामाजिक सञ्जालमा अश्लील सन्देश सहित पोष्ट गरी चरित्र हत्या गरेको आरोपमा जिल्ला गलामीलाई पक्राउ गरेको नेपाल प्रहरीको साइबर ब्यूरोले जनाएको छ । 

उनलाई पक्राउ गरी काठमाडौं जिल्ला अदालतमा अदालती कारबाहीको लागि पेस गरिएको छ ।