कीवर्डहरू -

स्मार्टफोनको लतले सम्बन्धमा असर: ‘फबिङ’ ट्रेन्डले सम्बन्ध बिगार्दै

स्मार्टफोनको लतले सम्बन्धमा असर: ‘फबिङ’ ट्रेन्डले सम्बन्ध बिगार्दै

आजको डिजिटल युगमा सम्बन्धहरूमा विभिन्न नयाँ ट्रेन्डको प्रभाव परेको छ  । हालै एउटा नयाँ डेटिङ टर्म ‘फबिङ’ (Phubbing) इन्टरनेटमा निकै भाइरल भइरहेको छ । यो शब्द फोन र इग्नोरिङ शब्दको संयोजनबाट बनेको हो । यसको अर्थ हो— जब कोही व्यक्ति आफ्नो साथीलाई बेवास्ता गरेर स्मार्टफोनलाई प्राथमिकता दिन्छ । यो अहिले धेरैको सामान्य बानी बनेको छ, तर यसले सम्बन्धहरूमा गम्भीर समस्या ल्याउन सक्छ ।

फबिङ के हो?

जब तपाईं आफ्नो पार्टनरसँग समय बिताइरहनुभएको हुन्छ, तर उनी पटक–पटक मोबाइलमा स्क्रोलिङ, च्याटिङ वा सामाजिक सञ्जालमा व्यस्त हुन्छन्, त्यसलाई फबिङ भनिन्छ । सरल भाषामा भन्नुपर्दा, जब कोही व्यक्ति आफ्नो पार्टनरको भावनालाई बेवास्ता गरेर फोनलाई प्राथमिकता दिन्छ, यो एक नकारात्मक व्यवहार बन्छ ।

धेरैलाई लाग्न सक्छ कि यो सामान्य कुरा हो, तर यो बिस्तारै सम्बन्धमा भावनात्मक दूरी बढाउन सक्छ । जसका कारण तपाईँको जीवनसाथीले अकेलोपन र उपेक्षित महसुस गर्न सक्छन् ।

मनोवैज्ञानिक रूपमा हेर्दा, जब कोही व्यक्ति बारम्बार आफ्नो पार्टनरलाई फोनकै कारण इग्नोर गर्छ, यसले आत्मसम्मानमा असर पार्न सक्छ ।

तनाव र झगडा – लगातार फबिङ गर्ने जोडीहरूबीच झगडा हुने सम्भावना धेरै हुन्छ ।
भावनात्मक दुरी बढ्छ – जब पार्टनर फोनमा नै व्यस्त रहन्छ, सम्बन्ध कमजोर हुन थाल्छ ।
ब्रेकअप वा डिभोर्सको कारण बन्न सक्छ – ग्रयाजिया म्यागजिनको एक अनुसन्धानअनुसार, फबिङ गर्ने जोडीहरूमा ब्रेकअप वा डिभोर्स को सम्भावना उच्च हुन्छ ।

फबिङ रोक्ने उपायहरू

✔ फोन–फ्री समय सेट गर्नुहोस् – आफ्नो पार्टनरसँग गुणस्तरीय समय बिताउन केही समयका लागि फोन साइलेन्ट मोडमा राख्नुहोस् ।
✔ स्पष्ट संवाद गर्नुहोस् – यदि तपाईंलाई लाग्छ कि तपाईंको साथीले तपाईंलाई बेवास्ता गरिरहेका छन् भने, उनीहरूसँग खुला संवाद गर्नुहोस् र आफ्नो भावना व्यक्त गर्नुहोस् ।
✔ डिजिटल डिटक्स अपनाउनुहोस् – दिनको केही समय यस्तो राख्नुहोस्, जहाँ तपाईं र तपाईंको पार्टनर बिना फोन समय बिताउनुहुन्छ ।
✔ प्राथमिकता दिनुहोस् – सम्बन्धमा सम्मान र माया कायम राख्न फोनभन्दा आफ्नो पार्टनरलाई बढी महत्व दिनुहोस् ।

फबिङ एक खतरनाक बानी बन्दै गएको छ, जसले सम्बन्धहरूलाई कमजोर बनाइरहेको छ । यदि समयमै सचेत भएन भने, यसले सम्बन्धलाई भावनात्मक रूपमा असन्तुलित बनाउनेछ । त्यसैले, स्मार्टफोनभन्दा बढी तपाईंको पार्टनरलाई ध्यान दिनुहोस् र आफ्नो सम्बन्धलाई अझ मजबुत बनाउनुहोस् ।