कीवर्डहरू -

द एशिया फाउन्डेसन सोसल इन्नोभेसन आइसिटी अवार्ड २०२४ जियोकृषिलाई प्रदान

द एशिया फाउन्डेसन सोसल इन्नोभेसन आइसिटी अवार्ड २०२४ जियोकृषिलाई प्रदान

द एशिया फाउन्डेसन सोसल इन्नोभेसन आइसिटी अवार्ड २०२४ जियोकृषिलाई प्रदान गरिएको छ । शुक्रबार ह्यात रिजेन्सी काठमाडौंमा आयोजना भएको इन्ड्राइभ आइसिटी अवार्ड २०२४ सपोर्टेड बाई एनसेल फाउन्डेसन इन एशोशिएसन विथ नेपालपे क्युआर, जेनस एण्ड जुमको ग्राण्ड फिनाले कार्यक्रममा जियोकृषिलाई सोसल इन्नोभेसन आइसिटी अवार्ड २०२४ प्रदान गरिएको हो ।

डिजिटल प्रविधिको प्रयोगमार्फत समाजमा सकारात्मक परिवर्तन ल्याउन प्रयासरत एकेडेमीया, सरकार, विकास साझेदार तथा गैरनाफामुलक संस्थाका आईटी इन्नोभेसनहरूलाई यो अवार्ड दिने गरिन्छ ।

यस विधामा विगत ५ वर्षको अवधिमा विकास भएका इन्नोभेसनहरूले आवेदन दिन सक्ने व्यवस्था गरिएको थियो । सोसल इन्नोभेसन विधा यस वर्ष मात्रै थप गरिएको विधा हो । 

समग्र कृषि इकोसिस्टमलाई डिजिटलाइज गरिरहेको प्लेटफर्म हो, जिओकृषि । जिओकृषिले किसान, प्राविधिक, सप्लायर, बजार र स्थानीय सरकारलाई एउटै माध्यममा जोड्ने काम गरिरहेको छ । 

सातै प्रदेशमा जियोकृषिले कृषकलाई चाहिने आवश्यक सेवाहरु डिजिटल माध्यममार्फत प्रदान गरिरहेको छ । विभिन्न वैदेशिक विकास साझेदारी संस्थाहरु र स्थानीय पालिकाहरुको सहकार्यमा जियोकृषि संचालन भइरहेको छ । सातै प्रदेशमा सेवा प्रदान गरिरहेको जिओकृषिमा २ लाख बढी किसान जोडिएका छन् ।