कीवर्डहरू -

ओपनएआईका सीईओ स्याम अल्टम्यानको चेतावनी: एआई भ्वाइस क्लोनिङले बैंकिङ् क्षेत्रमा “गम्भीर ठगी सङ्कट” निम्त्याउने

ओपनएआईका सीईओ स्याम अल्टम्यानको चेतावनी: एआई भ्वाइस क्लोनिङले बैंकिङ् क्षेत्रमा “गम्भीर ठगी सङ्कट” निम्त्याउने

ओपनएआईका सीईओ स्याम अल्टम्यानले बैंकिङ् र वित्तीय क्षेत्रमा चेतावनी दिएका छन् कि एआई उपकरणहरूको मद्दतले मान्छेको आवाज नक्कल गरेर सुरक्षा जाँच पार गर्न र पैसा ट्रान्सफर गर्न अत्यन्त सजिलो भइसकेको छ, जसले एक “गम्भीर ठगी सङ्कट” निम्त्याउन सक्ने चेतावनी दिएका छन् ।

अल्टमनले यो कुरा मङ्गलबार वाशिंगटनमा आयोजना गरिएको फेडरल रिजर्भ सम्मेलनमा बताए। उनले भने, “एउटा कुरा जसले मलाई डराउँछ, त्यो हो केही वित्तीय संस्थाहरू अझै भ्वाइसप्रिन्टलाई प्रमाणीकरणको रूपमा स्वीकार गरिरहेका छन्। यो पूर्णरूपमा पागलपन हो, किनकि एआईले यसलाई पूर्ण रूपमा पराजित गरिसकेको छ।”

व्वाइसप्रिन्टिङ् लाई दशकअघिको एउटा सुरक्षित पहिचान माध्यमका रूपमा अपनाइएको थियो, जहाँ ग्राहकले फोनमा एउटा निश्चित वाक्य बोलेर आफ्नो पहिचान प्रमाणित गर्नुपर्थ्यो। तर, अल्टमनका अनुसार एआईले सिर्जना गरेको आवाजको नक्कल र आगामी समयमा भिडियो क्लोनिङ् यति वास्तविक भइसकेका छन् कि तिनीहरूलाई वास्तविक आवाजसँग छुट्याउन गाह्रो भएको छ।

उनी थप्छन्, “अब हामीलाई पहिचान पुष्टि गर्न नयाँ तरिकाको आवश्यकता हुनेछ।” यसमा प्रतिक्रिया दिंदै फेडरल रिजर्भकी उपाध्यक्ष र प्रमुख वित्तीय निरीक्षक मिशेल बोमनले भने, “यो त्यस्तो विषय हो जुन हामी साझेदारीमा विचार गर्न सक्छौं।”

यो चेतावनी त्यस्तो बेला आएको हो जब विश्वभरका बैंकहरू डिजिटल सुरक्षा बारे पहिलेदेखि नै सतर्क छन्, तर एआई प्रविधिको तीव्र रूपमा वृद्धि भएको क्षमताले नयाँ चिन्ता खडा गरेको छ।