कीवर्डहरू -

आंशिक रुपमा चल्न थाल्यो यातायात व्यवस्था विभागको सर्भर

आंशिक रुपमा चल्न थाल्यो यातायात व्यवस्था विभागको सर्भर

यातायात व्यवस्था विभागको सर्भर आंशिक रुपमा  चलेको छ। भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा ध्वस्त भएको सर्भर कात्तिक १६ गतेदेखि आंशिक रूपमा सञ्चालनमा आएको हो । 

यससँगै अहिलेलाई लाइसेन्स नवीकरण तथा लाइसेन्स ‘भेरिफिकेसन’ सेवा सुचारु भएको छ । काठमाडौं उपत्यकाका यातायात कार्यालयहरूबाट सवारी दर्ता सेवा (भीआरएस) पनि आंशिक सुचारु भएको विभागको भनाई छ।

अन्य यातायात व्यवस्था कार्यालयहरूमा विद्युतीय सवारी चालक अनुमतिपत्र र सवारी दर्ता प्रणाली सञ्चालन गर्न प्रणाली परीक्षणको कार्य भइरहेको विभागले जनाएको छ।

ती कार्यालयबाट पनि छिट्टै सेवा सञ्चालनमा आउने अपेक्षा गर्दै विभागले आफ्नो कार्यालयमा प्रणाली सञ्चालनका लागि आवश्यक नेटवर्किङ, बायोमेट्रिक लगायत उपकरण तयारी अवस्थामा राख्न र विभागसँग नियमित सम्पर्कमा रही सेवा प्रवाह व्यवस्थापन गर्न सबै यातायात व्यवस्था कार्यालयलाई अनुरोध पनि गरेको छ।

null