कीवर्डहरू -

एनसेल फाउन्डेसनको सहकार्यमा सञ्चालित डिजिटल साक्षरता कार्यक्रम लुम्बिनी प्रदेशमा सम्पन्न

एनसेल फाउन्डेसनको सहकार्यमा सञ्चालित डिजिटल साक्षरता कार्यक्रम लुम्बिनी प्रदेशमा सम्पन्न

आइसिटी फाउन्डेसन नेपाल र एनसेल फाउन्डेसनको सहकार्यमा सञ्चालित डिजिटल साक्षरता कार्यक्रम लुम्बिनी प्रदेशमा सम्पन्न भएको छ । 

जेठ २३ गते प्युठानको सरुमारानी गाउँपालिका–४ जनता माध्यामिक विद्यालयमा आईसिटी ज्ञान डिजिटल साक्षरता कार्यक्रम सम्पन्न भएको हो ।

एनसेलको ‘१८ फर १८’ परियोजना अन्तर्गत सञ्चालित आइसिटी ज्ञान कार्यक्रम सातै प्रदेशमा सञ्चालन भइरहेको छ । यसअघि कोशी, मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सम्पन्न भइसकेको छ । 

null

जनता माविमा भएको कार्यक्रममा शिक्षक, विद्यार्थी र स्थानीय जनप्रतिनिधि गरी करिब २२५ जना सहभागी भएका थिए । कार्यक्रममा प्रशिक्षको रूपमा रहेका रेशम भण्डारी, राजन लम्साल, प्रदीप पोखरेल र यादव पण्डितले इ–गभर्नेन्स, अनलाइन सुरक्षा तथा साइबर अपराध, कृत्रिम बुद्धिमत्ता र नयाँ प्रविधि, साथै सिकाइका लागि डिजिटल उपकरण र सीप विकासबारे जानकारी दिएका थिए । 

साथै विद्यार्थीहरूलाई मोबाइल बैंकिङ र सार्वजनिक सेवाका लागि प्रयोग हुने डिजिटल उपकरणसँग प्रत्यक्ष अनुभव गराइएको थियो । 

सातै प्रदेशमा सञ्चालन भइरहेको आइसिटी ज्ञान कार्यक्रमले डिजिटल विभाजन घटाइ जनस्तरसम्म डिजिटल साक्षरता र सशक्तिकरण प्रवर्द्धन गर्न भूमिका खेल्ने बताइएको छ ।

null