कीवर्डहरू -

एक आपसमा जोडिए निर्वाचन आयोग र राष्ट्रिय परिचयपत्र प्रणाली, बायोमेट्रिक र फोटोका लागि निर्वाचन कार्यालय जानु नपर्ने

एक आपसमा जोडिए निर्वाचन आयोग र राष्ट्रिय परिचयपत्र प्रणाली, बायोमेट्रिक र फोटोका लागि निर्वाचन कार्यालय जानु नपर्ने

राष्ट्रिय परिचयपत्र र निर्वाचन आयोगको प्रणाली एक आपसमा जोडिएको छ । यी दुई प्रणाली एक आपसमा जोडिएसँगै अब अनलाइनबाटै मतदाता नामावलीमा नाम दर्ता गराउन सकिने छ । 

यसअघि अनलाइनबाटै प्रि-रजिष्ट्रेसनका लागि आवेदन दिएपनि बायोमेट्रिक र फोटोका लागि निर्वाचन कार्यालय जानुपर्ने बाध्यता थियो । तर अब बायोमेट्रिक र फोटोका लागि निर्वाचन कार्यालय जानुपर्ने छैन् । 

अब निर्वाचन आयोगको प्रणालीले राष्ट्रिय परिचयपत्रको तथ्यांकबाट बायोमेट्रिक र फोटो लिनेछ । यसका लागि तपाईसँग राष्ट्रिय परिचयपत्र नम्बर भने हुनुपर्नेछ ।

अनलाइनबाटै मतदाता नामावलीमा नाम दर्ता गराउन सुरूमा निर्वाचन आयोगको वेबसाइटमा जानुहोस् । त्यसपछि अनलाइन मतदाता नामावली प्रि-रजिष्ट्रेसन र अध्यावधिकमा क्लिक गर्नुहोस् । 

अनि भित्र गएपछि नयाँ दर्तामा क्लिक गर्नुहोस्  । त्यहाँ ‘राष्ट्रिय परिचयपत्रमा विवरण दर्ता गरेको व्यक्तिले मतदाता परिचयपत्रमा दर्ता गर्नका लागि’ भन्ने अप्सनमा क्लिक गर्नुहोस्  । त्यसपछी त्यहाँ मागिएको विवरण राखेर नाम दर्ता गराउन सकिने छ ।