विद्युत् नियमन आयोगले डकुमेण्ट म्यानेजमेण्ट सिस्टम (डिएमएस) सञ्चालनमा ल्याएको छ । सेवा प्रवाहलाई छिटो, छरितो र प्रभावारी बनाउन अनलाइन प्रणाली डिएमएस सञ्चालनमा ल्याएको हो ।
डिएमएस प्रणालीबाट शेयरको सार्वजनिक निष्कासन, विद्युत् खरिद बिक्री सम्झौता तथा संशोधन र शेयर संरचना परिवर्तनसम्बन्धी सम्पूर्ण कामकारबाही हुने आयोगले जनाएको छ ।
सार्वजनिक सेवा प्रवाहलाई प्रविधि मैत्री बनाउन, सार्वजनिक सेवा प्रदायक र सेवाग्राही बीच हुने सूचना आदान प्रदानलाई थप व्यवस्थित तथा सरल बनाउन, कागजरहित नियमनको अवधारणा स्थापित गर्ने उद्देश्यका साथ आयोगद्वारा प्रविधिमैत्री पूर्वाधारहरु निर्माण गर्ने कार्यलाई प्राथमिकतामा राखिएको छ ।