कीवर्डहरू -

आपतकालीन अवस्थामा काम लाग्ने एप्पलको चार सुविधा

आपतकालीन अवस्थामा काम लाग्ने एप्पलको चार सुविधा

 विश्वभरका लाखौं मानिसहरूले एप्पलका प्रोडक्टहरू प्रयोग गर्छन् । यी डिभाइसहरूलाई कम्पनीले धेरै विशेष सुविधाहरू र अपग्रेडका साथमा ग्राहकहरूका लागि प्रस्तुत गर्ने गरेको छ । एप्पल डिभाइस सबैभन्दा एडभान्स प्रविधिहरूमध्ये एक हो । यसबाट प्रयोगकर्ताहरूलाई उत्कृष्ट अनुभव प्राप्त गर्नुका साथै वास्तविक समयमा सुरक्षा पनि प्रदान हुन्छ ।

अब प्रश्न उठ्छ कि एप्पल प्रोडक्टहरूले आफ्ना प्रयोगकर्ताहरूको सुरक्षा कसरी गर्छन् । यसका लागि एप्पलको आपतकालीन सुविधाले तपाईको मद्दत गर्छ ।

यो प्रविधि न केवल डिभाइसमा तपाईको अनुभवलाई सुधार गर्न मद्दत गर्छ, साथै वास्तविक जीवनमा पनि तपाईलाई मद्दत पु¥याउँछ । प्रायः हामी यस्ता घटनाहरू सुन्छौं, जसमा एप्पलका यी सुविधाहरूले मानिसहरूलाई मद्दत गरेका छन्। अब यी सुविधा ष्एजयलभ मा मात्र नभई एप्पल वाचमा पनि उपलब्ध छन् ।

यी सुविधाहरूमा फल डिटेक्सन, इमरजेन्सी एसओएस, हाई र लो हार्ट रेट डिटेक्सन,ईसिजी र धेरै कुराहरू समावेश छन् । आउनुहोस्, यी सुविधाहरू कसरी काम गर्छन् भनेर जानौं ।

इमरजेन्सी एसओएस

पहिला कम्पनीको इमरजेन्सी एसओएसको कुरा गरौं, जुन प्रयोगकर्ताको मद्दतको लागि छिटो र सजिलै कल गर्न सक्छ र आपतकालीन सम्पर्कलाई अलर्ट गर्न सक्छ ।

एसओएसमा कल गर्नुको अर्थ हो कि आईफोन आफैंले स्थानीय आपतकालीन नम्बरमा कल गर्छ र आपतकालीन सेवाहरूसँग तपाईको स्थान सेयर गर्छ । 

यसमा ध्यान दिनु पर्ने पक्ष भनेको विभिन्न देशहरूका लागि यसलाई प्रयोग गर्ने नियमहरू फरक–फरक छन् । नेपालमा,साइड बटनलाई तीन पटक छिटो थिचेर प्रयोगकर्ताले आपतकालीन सेवाहरूमा पहुँच गर्न सक्छन् । 

यसका साथै आपतकालीन कल डायल गर्नका लागि अन्य तरिकाहरू पनि छन् । तपाई साइड बटन र भोल्युम बटनलाई केही सेकेन्डका लागि थिचेर राख्न सक्नुहुन्छ, त्यसपछि इमरजेन्सी एसओएस स्लाइडरलाई दायाँ तर्फ स्वाइप गर्नुहोस् । यसका साथै साइड बटन र भोल्युम बटनलाई थिचेर राख्नाले उल्टो गन्ती सुरु हुनेछ र एसओएस कल लाग्नेछ ।

क्र्यास डिटेक्सन

अर्को आपतकालीन सुविधा क्र्यास डिटेक्सन हो, जुन एप्पल वाच सिरिज एट र त्यसपछि आउने मोडेलहरूमा समावेश छ ।

यो सुविधा एप्पल वाच सिरिज एट र त्यसपछि आउने मोडेलहरू, एप्पल वाच एसई जेन २ र एप्पल वाच अल्ट्रा र त्यसपछि आउने मोडेलहरूमा पनि दिइएको छ । यो सुविधा कोही दुर्घटनामा परेको बेला एकदमै काम लाग्छ ।

यस्तो अवस्थामा आईफोन र एप्प्ल वाचले स्वचालित रूपमा आपतकालीन सेवाहरूलाई कल गर्न सक्छन् ।
कल गर्नु अघि तपाईको डिभाइसमा उल्टो गन्ती हुनेछ र त्यसपछि अलार्म बज्नेछ ।

इमरजेन्सी कन्ट्याक्ट

आपतकालीन सेवा बाहेक प्रयोगकर्ताले आपतकालीन सम्पर्कहरू पनि सेट गर्न सक्छन्, जसका लागि तपाईले केही चरणहरू पालना गर्नुपर्नेछ ।
सबैभन्दा पहिले, आपतकालीन सम्पर्क सेट अप वा अपडेट गर्नका लागि, सेटिङमा जानुहोस् । अब इमरजेन्सी एसओएस खोज्नुहोस् ।

यहाँ तपाईलाई हेल्थ बटनमा आपतकालीन सम्पर्क सम्पादन गर्ने विकल्प पाउनुहुनेछ । प्रयोगकर्ताले हेल्थ एपको पनि उपयोग गर्न सक्छन् ।

अब माथिल्लो दायाँ कुनामा आफ्नो प्रोफाइलमा ट्याप गर्नुहोस्, यहाँ मेडिकल आईडी देखाउने एउटा विन्डो खुल्नेछ । अब यहाँ क्लिक गरेर आपतकालीन सम्पर्कलाई सम्पादन गर्नुहोस् वा थप्नुहोस् ।

स्याटेलाइट मार्फत इमरजेन्सी एसओएस

यसका साथै एप्पल स्याटेलाइटको माध्यमबाट वास्तविक जीवनको आपतकालीन स्थितिहरूलाई समाधान गर्नका लागि यो सुविधा प्रदान गर्छ ।

यो सुविधा पनि केवल आईफोन १४ वा १५ मा मात्र उपलब्ध छ । तपाईसँग सेलुलर वा वाईफाई कनेक्शन नभए पनि, तपाई अझै पनि इमरजेन्सी एसओएसका साथमा मद्दत प्राप्त गर्न सक्नुहुन्छ । एप्प्ल तपाईलाई यो सुविधाको उपयोग गर्नका लागि डेमोको परीक्षण गर्ने अनुमति पनि दिन्छ ।