कीवर्डहरू -

साउन ३० गते चौंथो संस्करणको ‘डिजिटल नेपाल कन्क्लेभ’ हुँदै, गुगल समेतको सहभागीता हुने

साउन ३० गते चौंथो संस्करणको ‘डिजिटल नेपाल कन्क्लेभ’ हुँदै, गुगल समेतको सहभागीता हुने

आगामी साउन ३० गते शुक्रबार डिजिटल नेपाल कन्क्लेभको चौंथो संस्करण आयोजना हुने भएको छ । आइसिटी फाउन्डेसन नेपालले ‘इम्पावरिङ डिजिटल नेपाल दुगेदर’ नारासहित ‘डिजिटल नेपाल कन्क्लेभ २०२५’ आयोजना गर्दैछ । यस वर्षको मुख्य थिम ‘डिजिटल सिनर्जी: ट्रान्सफर्मिंङ गभर्नेन्स, इकोनोमी एण्ड सोसाइटी’ रहेको छ ।

पुल्चोक स्थित द प्लाजामा आयोजना हुने कन्क्लेभमा ८ बढी सेसनमा राष्ट्रिय, अन्तरास्ट्रिय बिज्ञहरु सहित ५० बढी बक्ताहरु रहेका छन् । अन्तरास्ट्रिय कम्पनि गुगलको समेत सहभागिता हुने कन्क्लेभमा डिजिटल गभर्नेन्स, डिजिटल पब्लिक इन्फ्रास्ट्रक्चर, डिजिटल स्वास्थ, डिजिटल इकोनोमी, आइसिटी इन्डस्ट्री डिस्कोर्स, पावर संवाद लगायतका सेसन हुनेछन् ।  

यस वर्ष कन्क्लेभमा शोधपत्र (रिसर्च पेपर) प्रस्तुतीको अवसर समेत प्रदान गरिने छ । डिजिटल नेपाल फ्रेमवर्क अन्तर्गतका विभिन्न ८ क्षेत्रहरुलाई समेटेर रिसर्च पेपर र नवीन प्रविधि तथा पहलहरूलाई (डिजिटल इनिसिएटिभ्स)हरु प्रस्तुत हुनेछन् । कन्क्लेभमा १५ बढी डिजिटल इनिसिएटिभ्स(प्रडक्ट)हरु शोकेसमा पनि रहने आयोजकले जानकारी दिएको छ ।   

कार्यक्रममा संघ, प्रदेश र स्थानीय सरकारका प्रतिनिधि, नीति निर्माता, विज्ञ, उद्यमीसहित ५०० बढीको प्रत्यक्ष सहभागिता रहने अपेक्षा छ । डिजिटल नेपाल कन्क्लेभको वेबसाइट digitalconclave.org बाट शोधपत्र र डिजिटल पहलहरू शोकेसका लागि आवेदन दिन तथा कन्क्लेभ बारे विस्तृत जानकारी लिन सकिनेछ । 

आइसिटी फाउन्डेसनले यस वर्ष प्रि-इभेन्टको रुपमा कर्णाली प्रदेशमा २ दिने ‘डिजिटल कर्णाली कन्क्लेभ’ र मधेश प्रदेशमा एक दिने ‘डिजिटल मधेश कन्क्लेभ’ आयोजना गरेको थियो भने सातै प्रदेशमा डिजिटल साक्षरता सम्वन्धि अभियान ‘आइसिटी ज्ञान’ कार्यक्रम सन्चालन गरेको थियो ।  

डिजिटल नेपाल कन्क्लेभ’ डिजिटल रुपान्तरणको लागि एउटा अर्थपूर्ण पहल/अभियान हो । यस कार्यक्रममा डिजिटल रुपान्तरणको लागि सरकारले गरिरहेको प्रयास, योजना र कार्यक्रमसंगै लक्ष्य प्राप्त गर्नको लागि गर्नुपर्ने सन्दर्भमा बृहत छलफल, प्रस्तुती र अन्तरक्रिया हुनेछ ।

सन् २०१९ मा नेपाल सरकारले डिजिटल नेपाल फ्रेमवर्क सार्वजनिक गरेसँगै फाउन्डेसनले नेपालको डिजिटल रूपान्तरण र इकोसिस्टम विकासको लागि विभिन्न अभियान र कार्यक्रमहरु सञ्चालन गरिरहेको छ । चौथो संस्करणको रुपमा आयोजना भइरहेको ‘डिजिटल नेपाल कन्क्लेभ’ मा सहभागिताको लागि वेबसाइट मार्फत टिकट खरिद गर्न सकिनेछ ।