कर्णाली प्रदेशको सुर्खेत जिल्लाको गुराँस गाउँपालिका ४ मा नेपाल टेलिकमले फोरजी सेवा यही वैशाख ८ गतेबाट सञ्चालनमा ल्याएको छ।
फोरजी सेवा सञ्चालनमा आए पश्चात् गुराँस गाउँपालिका वडा नं. ३, ४ र ५ अन्तर्गत पर्ने गुराँस बजार क्षेत्र, गाउँपालिका कार्यालय क्षेत्र, गोगनपानी, पातीकान्ला लगायतका गाउँहरू लाभान्वित भएका छन्।
यसैगरी, वीरेन्द्रनगर नगरपालिका वडा नं. १४ अन्तर्गत पर्ने बयलकाँडा लगायतका क्षेत्रहरू तथा बराहताल वडा नं. ९ अन्तर्गत पर्ने लेकगाउँ लगायतका भूभागहरूमा सेवाग्राहीहरूले पहिलो पटक गुणस्तरीय ४जी सेवाबाट लाभान्वित भएका कर्णाली प्रदेशका निर्देशक डा. कमल लामिछाने जानकारी दिएका छन्।
नेपाल टेलिकमले दूर दराजका क्षेत्रमा दूरसञ्चार सेवा पुराउने कार्यलाई सधैँ उच्च प्राथमिकतामा राख्दैसेवा बिस्तार गर्दै आएको जनाएको छ ।