कीवर्डहरू -

सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक विकल पौडेललाई सरकारले पदबाट हटायो

सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक विकल पौडेललाई सरकारले पदबाट हटायो

सरकारले सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक विकल पौडेललाई पदबाट हटाएको छ । आईतबार बसेको मन्त्रिपरिषद् बैठकले पौडेललाई कार्यकारी निर्देशक पदबाट बर्खास्त गर्ने निर्णय गरेको हो । 

अमेरिकाको कानुनी स्थायी आवासीय अनुमति (LRP) लिएको देखिएकाले कार्यकारी निर्देशक पदबाट हटाएको सरकारले जनाएको छ । 

पौडेलमाथि राज्यकोषमा ६९ करोड ८ लाख रुपैयाँ नोक्सान पुर्‍याएको आरोपमा अक्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । उनलाई अहिले अख्तियारले अनुसन्धानका लागि हिरासतमा लिएको छ ।