सरकारले उद्यमशीलता र नवप्रवर्तनलाई सहयोग पुर्याउने कार्यक्रम कार्यान्वयनमा ल्याउने भएको छ ।
सङ्घीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्ष २०८१/८२ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।
मेक इन नेपाल र मेड इन नेपाल अभियानलाई प्रवर्द्धन गर्ने र उद्योगरूमा चौथो पुस्ताको औद्योगिक अवधारणा प्रयोग गर्न प्रोत्साहित गरिने उनले जानकारी दिए ।