कीवर्डहरू -

पब्जी मोबाईल नेपाल सिरिजको ग्राण्ड फिनाले सुरू, पाँच हजार अमेरिकी डलर पुरस्कार राशी

पब्जी मोबाईल नेपाल सिरिजको ग्राण्ड फिनाले सुरू, पाँच हजार अमेरिकी डलर पुरस्कार राशी

नेपालमा लोकप्रिय ई–स्पोर्ट्स खेल पब्जी मोबाईलको बहुप्रतिक्षित २०२५ नेपाल सिरिजको ग्राण्ड फिनाले सुरू भएको छ। पाँच हजार अमेरिकी डलर पुरस्कार राशी तोकिएको यस प्रतियोगितामा देशभरिबाट ११ हजार भन्दा बढी खेलाडीहरूले सहभागिता जनाएका थिए।

ओपन क्वालिफायरदेखि प्ले अफसम्मको यात्रामा उत्कृष्ट प्रदर्शन गर्ने शीर्ष १६ टोली फाइनलमा प्रवेश गर्न सफल भएका छन्। यी टोलीले राष्ट्रिय उपाधिका लागि प्रतिस्पर्धा गर्नुका साथै डिसेम्बरमा हुने पब्जी मोबाईल स्टार च्यालेन्जमा समेत अवसर पाउनेछन्।

यस पटक पहिलोपटक फ्रान्चाइज शैलीको फर्म्याट अपनाइएको छ, जसले प्रतिस्पर्धात्मक अनुशासनलाई गेमिङ क्रिएटर तथा कन्टेन्ट पर्सनालिटीहरूसँगको सहकार्यसँग जोड्ने लक्ष्य लिएको छ।

साथै, समावेशिताको ऐतिहासिक पहलस्वरूप नेपालमै पहिलोपटक ‘गर्ल्स ओन्ली शो–म्याच’ आयोजना गरिएको छ, जसमा १६ महिला टोलीबीच प्रतिस्पर्धा हुनेछ। सहभागी टोलीहरूले २५ हजार रुपैयाँ नगद पुरस्कार पाउनेछन्।

आयोजकका अनुसार ग्राण्ड फिनाले केवल एउटा प्रतियोगिता मात्र नभई नेपाली गेमरहरूको उत्साह र अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्ने क्षमताको उत्सव हो। यसले ई–स्पोर्ट्सलाई नेपालमा अझ समावेशी, संगठित र विश्वस्तरीय बनाउन योगदान गर्ने अपेक्षा गरिएको छ।