कीवर्डहरू -

एनसेल फाउन्डेसनको सहकार्यमा सुरू भएको आइसिटी ज्ञान कार्यक्रम ६ प्रदेशमा सम्पन्न, शुक्रबार बागमतीमा हुँदै

एनसेल फाउन्डेसनको सहकार्यमा सुरू भएको आइसिटी ज्ञान कार्यक्रम ६ प्रदेशमा सम्पन्न, शुक्रबार बागमतीमा हुँदै

आइसिटी फाउन्डेसन नेपाल र एनसेल फाउडेन्सको संयुक्त सहकार्यमा बागमती प्रदेशको दोलखामा आइसिटी ज्ञान कार्यक्रम सञ्चालन हुने भएको छ । 

जेठ ३० गते शुक्रबार दोलखाको भिमेश्वर नगरपालिकामा बिहान ११ बजेदेखि डिजिटल साक्षरतामुलक कार्यक्रम आइसिटी ज्ञान सञ्चालन हुनेछ । 

६ वटा प्रदेशमा आइसिटी ज्ञान कार्यक्रम सफलतापूर्वक सम्पन्न भइसकेपछि अन्तिम प्रदेशको रूपमा बागमती प्रदेशको दोलखामा कार्यक्रम आयोजना हुन लागेको हो । 

प्रविधिको विकास र विस्तारसँग डिजिटल साक्षरतामा देखिएको खाडँललाई कम गर्न एनसेलको सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत आइसिटी ज्ञान सुरू गरिएको हो । 

यसअघि कोशी प्रदेशको मोरङ, मधेश प्रदेशको सर्लाही, गण्डकीको स्याङ्जा, लुम्बिनीको प्युठान, कर्णालीको सल्यान र सुदूरपश्चिमको कैलालीमा आइसिटी ज्ञान सञ्चालन भएको थियो । 

सुगमदेखि गाउँगाउँसम्म डिजिटल साक्षरता फैलाउन प्रदेशस्तरीय कार्यक्रमको रूपमा आयोजना भएको आइसिटी ज्ञानमा साइबर सुरक्षा, डिजिटल टुल, विद्युतीय सुशासन, वित्तीय प्रविधि जस्ता विषयमा साक्षरता प्रदान गरिएको थियो भने त्यसको बारेमा केही अभ्यास समेत गराइएको थियो । 

६ प्रदेशमा भएको कार्यक्रममा शिक्षक, विद्यार्थी, उद्यमी, कर्मचारी, जनप्रतिनिधि लगायत १५ सय बढीको सहभागी रहेको थियो । 

आइसिटी ज्ञान कार्यक्रमले डिजिटल समावेशीता र प्रविधिमैत्री समाज निर्माणमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास गरिएको छ ।