कीवर्डहरू -

जापानी वैज्ञानिकद्वारा तोडियो विश्व रेकर्ड , सेकेन्डमा १.०२ पेटाबाइट्सको इन्टरनेट गति हासिल

जापानी वैज्ञानिकद्वारा तोडियो विश्व रेकर्ड , सेकेन्डमा १.०२ पेटाबाइट्सको इन्टरनेट गति हासिल

जापानका शोधकर्ताहरूले एक सेकेन्डमा १.०२ पेटाबाइट्स (१.०२ मिलियन जीबी) को इन्टरनेट गति हासिल गरी नयाँ विश्व रेकर्ड कायम गरेका छन्। यो गति अमेरिकाको औसत इन्टरनेट गतिको भन्दा ३.५ गुणा र नेपालको औसत गति ६३.५५ एमबीपीएस भन्दा करिब १.६ करोड गुणा बढी छ।

यस गति अनुसार, यसले सेकेन्डमै नेटफ्लिक्सको पुरा लाइब्रेरी डाउनलोड गर्न सक्छ र १५० जीबी क्षमताको वारज़ोन जस्तो भिडियो गेम छिटै डाउनलोड गर्न सकिन्छ। यो उपलब्धि जापान मात्र नभएर विश्वभरि डेटा ट्रान्सफर, स्ट्रिमिङ र कनेक्टिभिटीको क्षेत्रमा नयाँ युगको सुरुवातको रूपमा लिइँदैछ।

यस प्रविधिलाई जापानको नेशनल इन्स्टिच्युट अफ इन्फर्मेशन एण्ड कम्युनिकेशन्स टेक्नोलोजी (एनआईसीटी) का वैज्ञानिकहरूले विकास गरेका हुन्। यसको लागि उन्नत फाइबर अप्टिक प्रविधि र अत्याधुनिक सिग्नल प्रोसेसिङ प्रयोग गरिएको छ। यो गति साधारण घरेलु इन्टरनेट जडानभन्दा १००,००० गुणा तेज भएकाले यसले सेकेन्डमै १०,००० भन्दा बढी अल्ट्रा-हाई-डेफिनिशन फोरके फिल्महरू डाउनलोड गर्न सक्छ।

यो प्रविधिले एआई, आईओटी तथा विश्वव्यापी डिजिटलीकरणको बढ्दो मागलाई पूर्ति गर्न क्रान्तिकारी परिवर्तन ल्याउन सक्छ। स्मार्ट सिटी, रिमोट हेल्थकेयर, अनलाइन एजुकेशनजस्ता क्षेत्रमा तेज र भरपर्दो डेटा ट्रान्सफरले अभूतपूर्व प्रगति सम्भव हुने छ।

उदाहरणका लागि, अस्पतालहरूले वास्तविक समयमा ठूलो मात्रामा मेडिकल डाटा सेयर गरेर सर्जरी वा छिटो डायग्नोसिस सम्भव पार्न सक्छन्। स्मार्ट सिटीमा यो प्रविधिले ट्राफिक व्यवस्थापन, ऊर्जा उपयोग र सुरक्षा प्रणालीहरूलाई अझ प्रभावकारी बनाउनेछ। साथमा, विश्वव्यापी व्यापार र सञ्चारमा डेटा ट्रान्सफरको गतिले उत्पादकत्वमा उल्लेखनीय वृद्धिलाई सुनिश्चित गर्नेछ।

यद्यपि, यो प्रविधि व्यापक रूपमा कार्यान्वयन गर्न मौजूदा नेटवर्कमा मल्टी-कोर फाइबर र उन्नत हार्डवेयर अपनाउन ठूलो लगानी आवश्यक पर्नेछ। यसलाई आम उपभोक्ताहरूका लागि किफायती बनाउन र अन्तर्राष्ट्रिय मापदण्ड स्थापित गर्न पनि चुनौतीपूर्ण हुनेछ।