कीवर्डहरू -

युटिएलसहित ३ सेवा प्रदायकको लाइसेन्स खारेज

युटिएलसहित ३ सेवा प्रदायकको लाइसेन्स खारेज

नेपाल दूरसञ्चार प्राधिकरणले ३ वटा सेवा प्रदायकको लाइसेन्स खारेज गरेको छ । प्राधिकरणले युनाइटेड टेलिकम (युटिएल), म्याक्स नेट सोलुसन र चितवन नेटको लाइसेन्स खारेज गरेको हो । 

३ सेवा प्रदायकले तोकिएको समयावधि भित्र नवीकरण वापतको दस्तुर दाखिला गरि अनुमतिपत्र नविकरणको लागि निवेदन पेश नगरेकोले लाइसेन्स स्वतः खारेज गरिएको प्राधिकरणले जनाएको छ । 

युटिएलले वि.सं. २०६०, म्याक्स नेट सोलुसन र चितवन नेटले २०७५ सालमा प्राधिकरणबाट लाइसेन्स पाएका थिए । तोकिएको समयभित्र नवीकरण दस्तुर नतिरेपछि दूरसञ्चार ऐन अनुसार स्वतः लाइसेन्स खारेजीमा परेको हो ।

 साथै उक्त संस्थाहरुले नियमानुसार तिर्न/बुझाउन पर्ने रकम/ दस्तुर तथा विवरणहरु यो सूचना प्रकाशित भएको ३० दिन भित्र प्राधिकरणको कार्यालयमा सम्पर्क गरी तिर्न / बुझाउन हुन र अन्यथा प्रचलित कानून अनुसार कारवाही प्रक्रिया अगाडी बढाईने प्राधिकरणले चेतावनी दिएको छ ।