कीवर्डहरू -

लुम्बिनी प्रदेशले एआई र मेसिन लर्निङ सम्बन्धि क्षमता विकासका कार्यक्रम सञ्चालन गर्ने

लुम्बिनी प्रदेशले एआई र मेसिन लर्निङ सम्बन्धि क्षमता विकासका कार्यक्रम सञ्चालन गर्ने

लुम्बिनी प्रदेशले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) र मेसिन लर्निङ सम्बन्धमा क्षमता विकासका कार्यक्रम सञ्चालन गर्ने भएको छ । 

आर्थिक वर्ष २०८१-०८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै लुम्बिनी प्रदेश प्रमुक अमिक शेरचनले सार्वजनिक निजी साझेदारीको अवधारणामा प्रदेशमा आर्टिफिसियल इन्टेलिजेन्स र मेसिन लर्निङ सम्बन्धमा क्षमता विकासका कार्यक्रम सञ्चालन गर्ने बताएका हुन् । 

यस्तै प्रादेशिक तथ्याङ्क, सुचना प्रणाली र साइबर सुरक्षाका लागि प्रविधिको अधिकतम प्रयोग गरी सुचना प्रविधिको प्रवर्द्धन गरिने समेत उनले बताए । 

युवा रोजगारी तथा स्वरोजगारीका लागि छोटो अवधिका तालिम, वित्तीय तथा डिजिटल साक्षरता, उत्पादनको ब्राण्डिङ तथा ई- मार्केटिङ लगायतका कार्यक्रम सञ्चालन गरिने पनि शेरचनले जानकारी दिए ।