सञ्चार तथा सूचना प्रविधि मन्त्री जनदीश खरेलले देशका प्रमुख १० वटा शहरका सार्वजनिक स्थलमा नि:शुल्क इन्टरनेट सेवा उपलब्ध गराउने निर्णय गरेका छन् ।
सोमबार सिंहदरबारमा पदभार ग्रहण गर्दै मन्त्री खरेलले आफ्नो पहिलो निर्णयका रूपमा खरेलले ५ महिनाभित्र देशका प्रमुख १० वटा शहरका सार्वजनिक स्थलमा नि:शुल्क इन्टरनेट सेवा उपलब्ध गराउने निर्णय गरेका हुन् ।
यस्तै २ महिनाभित्र काठमाडौें उपत्यकाका सार्वजनिक स्थलमा निःशुल्क इन्टरनेट उपलब्ध हुनेछ ।
यसअघि मन्त्रालयले तयार पारेको पहिलो निर्णयमा हस्ताक्षर गर्न नमानेपछि मन्त्रालयले फेरि सार्वजनिक स्थलमा नि:शुल्क इन्टरनेट सेवा उपलब्ध गराउने प्रस्ताव ल्याएको थियो ।